१० कार्तिक २०८३, मंगलबार | October 28, 2026

मेलम्चीको हेडबक्स खुल्यो



काठमाडौं । गत असार १ र साउन १७ गतेको बाढीपहिरोले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको सुरुङको सफाइ अन्तिम चरणमा पुगेको छ ।

सफाइ सकिएसँगै पानी परीक्षण गरी सुन्दरीजल पठाउने तयारी भएको छ । पहिरोसँगै आएको बाढीले परियोजनाको प्रवेशद्वारदेखि अम्बाथानसम्मको ८०५ मिटर सुरुङ र सुरुङभित्र प्रवेश गर्ने अन्य सहायक ढोकासमेत बन्द भएका थिए ।

पहिरोसँगै आएको गेग्य्रानले आयोजनाको मुख्य द्वार (बफर जोन) नौ नम्बर, १० नम्बर ढोका (हेडवर्क्स), अम्बाथानतर्फका १७ र २१ का ढोका (अडिट टनेल) पूरै थुनेको थियो । सुरुङसम्म पुग्ने सहायक ढोकासमेत लेदोले पुरिएपछि आयोजना सञ्चालन हुने नहुनेबारे समेत अन्योल भएको थियो ।

मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर पदम कुँवरले सफाइको काम अन्तिम चरणमा पुगेको बताए । उनका अनुसार बाढीले बढी क्षति गरेको १ नम्बर ढोकादेखि हेडबक्ससम्मको सफाइ सकिएसँगै भित्र पानी पठाएर लेदो निकाल्ने काम भइरहेको छ ।

मुख्य हेडबक्सको ढोका खुलेको र मुख्य ढोका बफर ड्यामबाट ३८ नम्बरको ढोका हुँदै अम्बाथानको अडिट टनेलको २१ ढोकाबाट पानी बाहिर पठाएर सुरुङ सफाइको तयारी भइरहेको जानकारी कुँवरले दिए ।

सरकारले बाढीले पु(याएको क्षतिको पुनर्निर्माण र सुरुङको सफाइ गरी यही चैत मसान्तभित्र काठमाडौंमा पानी ल्याउने लक्ष्य राखेको छ । आजको गोरखापत्र दैनिकमा मित्र भण्डारीले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ७ : ३७ बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको