६ जेष्ठ २०८१, आइतबार | May 20, 2024

डा. भट्टराई छाडेर ओली रोज्दै अभिनेत्री करिश्मा मानन्धर



काठमाडौं । डा. बाबुराम भट्टराईको फ्यान बन्दै राजनीतिमा प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धर डा. भट्टराईलाई छाडेर आजबाट केपी ओली तर्फ लाग्ने भएकी छिन् । आज मध्यान्ह एमाले अध्यक्ष केपी ओलीले अभिनेत्री मानन्धरलाई एमाले भित्राउने पक्का भएको छ । केही महिना अघि ओलीले मोबाईलमा फोन गरेर हालखबर सोधपछि ओलीका प्रशंशक बनेकी मानन्धर अन्ततः आज एमाले नै प्रवेश गर्न लागेकी हुन् ।

मानन्धरसँगै पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वको समाजवादी जनता पार्टी पनि मंगलबारबाटै एमालेमा समाहित हुने कार्यक्रम रहेको एमाले नेता विष्णु रिजालले जनाएका छन् । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा पार्टी प्रवेश गर्ने कार्यक्रम हुने रिजालले जानकारी दिए ।

यसअघि मानन्धरले नेपालमा डा. बाबुराम भट्टराई जस्तो नेता अरु नभएको भन्दै भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा सक्रिय भएर काम गरेकी थिईन् । संघीय समाजवादी पार्टीमा समेत करिश्मा छोटो समय सक्रिय देखिएपनि ओलीको मोबाईल फोन पछि उनी निश्क्रिय जस्तै बनेकी थिइन् ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ८ : ४४ बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र