१४ चैत्र २०८२, शनिबार | March 28, 2026

लुम्बिनी विकास कोषले ५८ वर्षसम्म चासो नदिँदा ऐतिहासिक महेन्द्र स्तम्भ जिर्ण



भैरहवा । ऐतिहासिक धार्मिकस्थल लुम्बिनीस्थित महेन्द्र स्तम्भ संरक्षण अभावले जिर्ण हुँदै गएको छ । ५८ वर्षअघि बुद्धजयन्तीकै दिन उद्घाटन भएको स्तम्भ बुद्ध जन्मस्थल मायादेवी मन्दिरसँगै रहे पनि लुम्बिनी विकास कोषको बेवास्ताले जिर्ण बनिरहेको छ ।

२५ वैशाख २०२० मा मन्दिरकै केही मिटर दुरीमा रहेको तात्कालिन राजा महेन्द्रले यो ऐतिहासिक स्तम्भ बनाएका थिए । लुम्बिनीलाई आजको लुम्बिनी बनाउन सुरुवातमा मुख्य भूमिका खेल्ने दुई पात्र छन् । संयुक्त अधिराज्य महासंघका तात्कालिन महासचिव उथान्त र तात्कालिन राजा महेन्द्र । उथान्तले लुम्बिनीलाई अन्तराष्ट्रिय शान्ति केन्द्र र पर्यटकीय केन्द्रको रुपमा विकास गर्नुपर्ने अवधारणा ल्याएका थिए ।

अवधारणामा सहमति जनाएर बलियो समर्थन दिने पात्र तात्कालिन राजा महेन्द्र नै थिए । उनीहरूको भिजन र मन मिलेको ले नै अहिले लुम्बिनी यो अवस्थामा छ । योजनाअनुसार काम हुनुमा यी दुई पात्रको ठूलो योगदान छ । दुवै जनाको योगदान र चासोका कारण गुरुयोजनाको प्रारुप तयार भएको स्रोतको दावी छ ।

उथान्तको विशेष पहल र सक्रियताले बौद्ध राष्ट्रहरूबाट कोष वृद्धि गरी लुम्बिनी अन्तराष्ट्रिय सहयोग समिति निर्माण भई प्रारम्भिक काम युनडीपीमार्फत अगाडि बढाइएको थियो । यसलाई सरकारले नै निरन्तरता दिएको थियो । राजा महेन्द्रले पनि विशेष चासो राख्ने र बेला बेलामा जाने भएकोले सम्झना रुवरुप २०२० सालमा स्तम्भसहित वरिपरि बस्न मिल्ने गरी संरचना बनाइएको थिए ।

६ दशकअघि लुम्बिनीमा खासै पर्यटक पनि घुम्ने नआउने र घुम्ने ठाँउ पनि नभएकोले मायादेवी मन्दिरको दक्षिणपश्चिममा रहेको बगैँचानजिक महेन्द्र स्तम्भ तयार भएको थियो । तात्कालिन राजा महेन्द्रकै स्मरणमा बनाएको स्तम्भसहितको संरचनालाई विकास कोषले ५८ वर्षदेखि बेवास्ता गर्दा स्मरणयोग्य ऐतिहासिक संरचना ओझेलमा छ ।

गुरुयोजना निर्माण भई संयुक्त अधिराज्य महासंघले लागु गरेपछि तत्कालिन सरकारले स्वीकृत गर्दा पनि यो संरचना पछाडि पर्न गयो भनि प्राफेसर केन्जो टाङ्गथेले उल्लेख गरेका थिए । उनले गुरुयोजनाको काम अघि बढाउँदा अहिले विकास कोष भएको भवन क्षेत्रमा नयाँ लुम्बिनीग्राम भएको क्षेत्रमा विस्थापित गर्नुपर्छ भनी रिर्पोटमा उल्लेख गरे पनि अहिलेसम्म मर्मत र जिर्णोद्वार नहुँदा स्तम्भ पर्यटकबाट टाढा छ ।

लुम्बिनी वकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय अवधेशकुमार त्रिपाठीले भने, ुतत्कालिन राजा महेन्द्रद्वारा निर्माण गरिएको स्तम्भ बारे जानकारी आएपछि हामी अवलोकनमा गएका छौँ । संरक्षण प्रयास भइ सकेको छ । पुरानो धरोहरको रुपमा रहेको स्तम्भलाई त्यो ठाँउमा जिर्णोद्वार गर्न र पार्कको रुपमा सुन्दर बनाउन प्रक्रिया अगाडि बढेको छ । तत्कालका लागि विद्यमान स्तम्भ जिर्णोद्धारका लागि मर्मत, रंगारोगन र संरक्षण प्रक्रिया अघि बढाउन लागिएको छ ।ु

यसअघि गुरुयोजनाको काम हुँदै गर्दा यो स्तम्भ छुटेको उनले बताए ।अब यो स्तम्भ संरक्षण प्रस्ताव कोषको मन्त्रीस्तरीय बोर्ड बैठकको छलफलमा लैजाने तयारी भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  १ : ४८ बजे

प्रधानमन्त्रीलाई शुभकामना दिँदै नेकपाले भन्यो – राजनीतिक पूर्वाग्रह गर्ने काम नहोस

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने

ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा

जनताले अनुभूति गर्नेगरी काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले जनताले

प्रधानमन्त्रीद्वारा भारत र पाकिस्तानका नेताहरुप्रति कृतज्ञता व्यक्त, सहकार्यको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भारतका प्रधानमन्त्री तथा पाकिस्तान राष्ट्रपति