१४ असार २०८३, आइतबार | June 28, 2026

१६ औ मनमोहन स्मृति वडा स्तरिय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता : २०७८ वडा नं ५ र ८ विजयी



बुटवल । बुटवलमा जारी १६ औ मनमोहन स्मृति वडा स्तरिय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता २०७८ मा वडा नं. ५ र वडा नं ८ विजयी हुदै दोस्रो चरणमा प्रवेश गरेका छन ।

बुटवल उपमहानगरपालिकाको सहयोग तथा राष्ट्रिय युवाब संघ नेपाल उपमहानगरपालिकाको आयोजनामा सिद्धेश्वर खेलमैदानमा भएको विहिबारको पहिलो खेलमा वडा नं. ६ माथि ६-३ गोल अन्तरको जित निकाल्दै वडा नं. ५ दोस्रो चरणमा प्रवेश गरेको हो ।

वडा नं ५ को जितमा अबेश शाहीले खेलको १५, ४२ र ४९ औ मिनेटमा गोल गरेका थिए । यसैगरि समिर दगामीले ४५ र ६० औ मिनेटमा तथा सन्जु नेपालीले खेलको १८ औ मिनेटमा गोल गरेका थिए । वडा नं ६ का ओसिल श्रेष्ठले खेलको १९, बिबेक स्याङजालीले २८ र अनुप थापाले खेलको ५७ औ मिनेटमा गोल गरेका थिए । खेलमा वडा नंं ५ का अबेस शाही म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

यसैगरि दोस्रो खेलमा वडा नं. ८ ट्राईबेकरमा विजयी भएको छ । निर्धारित समय खेल गोलरहित बराबरी भएपनि खेल ट्राईबेकरमा धकेलिएको थियो । वडा नं १८ लाई पेनाल्टी शुट आउटमा ५–४ गोल अन्तरले पराजित गर्दै वडा नं. ८ दोस्रो चरणमा प्रवेश गरेको हो ।

खेलमा वडा नं ८ का क्याप्टेन निरज थापा म्यान अफ द म्याचबाट पुरस्कृत भए । प्रतियोगिताको उपाधि विजेताले नगद ६० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने अध्यक्ष सुदर्शन खाम्चाले बताए । यसैगरि विद्यागत रुपमा समेत खेलाडीहरुलाई पुरस्कृत गरिने छ ।

कोभिड संक्रमणबाट हरेक क्षेत्र प्रभावित भएसंगै खेल क्षेत्र पनि शून्य रहेको उनले बताए । नियमीत प्रतियोगिता समेत ३ वर्षको अन्तरालमा आयोजना गर्न लागिएको उनले बताए । शुक्रबार पहिलो खेलमा वडा नं १९ र १३ तथा दिउँसो दोस्रो खेल वडा नं. ७ र ९ का बिचमा खेल हुने प्रचारप्रसार संयोजक गणेश बोहराले बताए ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ८ : १७ बजे

मेसीको कीर्तिमानी गोलसगै अर्जेन्टिना समूह विजेता

काठमाडौं । स्टार स्ट्राइकर लियोनेल मेसीको कीर्तिमानी गोलको मद्दतमा साविक

दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपमा नेपालका सात खेलाडी भुटान जाँदै

काठमाडौं । नेपाल बडीबिल्डिङ तथा फिटनेस महासंघको समन्वय तथा राष्ट्रिय

डीआर कङ्गोको ऐतिहासिक पुनरागमन जित, दक्षिण कोरियाको विश्वकप यात्रा समाप्त

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप

ओली, प्रचण्ड, माधवले आज एउटै मञ्चबाट भाषण गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली