४ पुस २०८२, शुक्रबार | December 19, 2025

सेनालाई पनि छाडेन कोरोना संक्रमणले



काठमाडौं । नेपालमा पहिलो पटक नेपाली सेनामा कार्यरत दुई जनालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

पीसीआर परीक्षणमा सेनाका दुई कर्मचारीमा कोरोना पुष्टि भएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभएको छ ।

पाण्डेका अनुसार उनीहरु मध्य पृतना महोत्तरीमा कार्यरत रहेका थिए । उनीहरुलाई एम्बुलेन्समार्फत काठमाडौं ल्याउन लागिएको र काठमाडौं ल्याइसकेपछि सशस्त्र प्रहरीको कोरोना विशेष अस्पतालमा राखिने बताईएको छ ।

आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थय मन्त्रालयले महोत्तरीका ५२ र काभ्रेका २६ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको थियो । उनीहरु नै सेनामा कार्यरत भएको खुलेको हो ।

यससँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २७८ पुगेको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७७, शनिबार  ५ : ५८ बजे

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ