५ पुस २०८२, शनिबार | December 21, 2025

एकीकृत समाजवादीको केन्द्रीय विभाग र प्रदेश कमिटीले पायो पूर्णता



काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीले पार्टीका केन्द्रीय विभाग र प्रदेश कमिटीलाई पूर्णता दिएको छ । नेकपा एसले पार्टीका ३१ वटा केन्द्रीय विभाग र ७ वटा प्रदेश कमिटीलाई पूर्णता दिएको हो ।

केन्द्रीय विभागमध्ये सम्मानित नेता झलनाथ खनालले विदेश विभागको जिम्मेवारी पाउँदा महासचिव वेदुराम भुसालले संगठन विभाग प्रमुखको जिम्मेवारी पाएको नेकपा एसले जनाएको छ ।

त्यस्तै उपमहासचिव विजय पौडेलले अर्थ तथा योजना विभागको जिम्मेवारी पाएका छन् । रामचन्द्र झाले कानुन विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । अर्थ विभागको प्रमुख सोमप्रसाद पाण्डे चयन भएका छन् भने स्कुल विभागको प्रमुख प्रमेश हमाल भएका छन् ।

संसदीय विभाग प्रमुख जीवनराम श्रेष्ठले पाएका छन् । त्यस्तै प्रदेश कमिटीले पनि पूर्णता पाएको नेकपा एसले जनाएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ८ : ५४ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ