१६ श्रावण २०८३, शनिबार | August 1, 2026

इटहरीमा बम विष्फोट हुँदा २ जना घाइते, हिमाल सुरक्षा परिषद्को पर्चा फेला



काठमाडौं । सुनसरीको इटहरीमा बम विष्फोट हुँदा दुई जना घाइत भएका छन् ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी उपमहानगरपालिकास्थित नवजागृति टोलको एक घरमा सोमबार राति सुतली बम विष्फोट भएको हो । विष्फोटमा परी २२ वर्षीय रविन थापा र लमजुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका छन् ।

बिष्फोटबाट आँखामा चोट लागेका थापाको विराटनगरस्थित आँखा अस्पतालमा उपचार भइरहेको छ भने गुरूङको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । हाल उनीहरूको अवस्था सामान्य छ।उनीहरू डेरामा बस्दै आएका थिए ।

घटनास्थलबाट प्रहरीले हिमाल सुरक्षा परिषद् नेपालको पर्चासमेत बरामद गरेको छ । यो परिषद्ले गत फागुनदेखि संघीयता खारेज, हिन्दु राष्ट्र घोषणा, एमसीसी सम्झौता खारेजलगायतका माग राख्दै सशस्त्र संघर्ष सुरू गरेको बताएको थियो।

उक्त पर्चा विस्फोटमै पर्नेमध्येका एकले ल्याएको प्रारम्भिक निष्कर्ष निकालेको प्रहरीले विस्फोट भने कसरी भयो भन्ने विषयमा अनुसन्धान भैरहेको जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  १० : ४३ बजे

कुबेत आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको पार्थिव शरीर स्वदेश ल्याइँदै

काठमाडौं । परराष्ट्र मन्त्रालयले कुबेतमा भएको आक्रमणमा परी निधन भएका

सामाजिक सद्भाव जोगाउन नागरिक अगुवाहरूको अपिल

काठमाडौं । नागरिक अगुवाहरूले देशका विभिन्न भागमा फैलिएको साम्प्रदायिक तनाव

सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

कांग्रेस संस्थापन इतरद्वारा राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी राष्ट्रिय भेलालाई व्यवस्थित

सेवाग्राहीको चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं । सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई