२३ असार २०८३, मंगलबार | July 8, 2026

१७ हजारभन्दा बढी स्थायी शिक्षकका लागि परीक्षा सुरु



काठमाडौं । स्थायी शिक्षक भर्नाका लागि शिक्षक सेवा आयोगको परीक्षा मंगलबारबाट सुरु भएको छ । १७ हजार २०० भन्दा बढी स्थायी शिक्षक नियुक्तिका लागि देशभर परीक्षा सुरु भएको हो ।

आज माध्यमिक तहको लिखित परीक्षा (सामान्य)को भइरहेको छ । त्यसका लागि प्रदेश १ को मोरङ, मधेस प्रदेशको धनुषा, बागमती प्रदेशको मकवानपुर, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चित प्रदेशको कैलालीमा परीक्षा केन्द्र तोकिएको छ । पहिलो चरणको लिखित परीक्षामा पास भएका उम्मेदवारलाई दोस्रो चरणमा विषयगत परीक्षामा सहभागी हुने मौका मिल्नेछ ।

१७ चैतमा निम्न माध्यमिक तहको र १९ गते प्राथमिक तह र २१ गते आन्तरिक बढुवातर्फको परीक्षा हुने आयोगले जनाएको छ ।

आयोगले प्राथमिक तहतर्फ १३ हजार ९३ स्थायी शिक्षकका लागि विज्ञापन आह्वान गरेको थियो । निमावितर्फ दुई हजार ५९८ र मावितर्फ एक हजार ५४७ स्थायी शिक्षकका लागि विज्ञापन आह्वान गरेको थियो ।

तीनै तहमा १७ हजार २३८ स्थायी शिक्षकका लागि आयोगले गत मंसिर र पुसमा विज्ञापन खोलेको थियो । पहिलो चरणको परीक्षामा ४० प्रतिशत अंक प्राप्त गरेका उम्मेदवार पास हुनेछन् । उनीहरूले दोस्रो चरणको वस्तुगततर्फको परीक्षामा सहभागी हुने मौका पाउनेछन् । आयोगले झन्डै पाँच वर्षपछि स्थायी शिक्षकका लागि विज्ञापन गरेको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  १२ : १० बजे

दुई गोलले पछि परेको अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन, इजिप्टलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्थाबाट

निर्धारित राजस्व लक्ष्य हासिल गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि

आयो नक्कली भुटानी शरणार्थी प्रकरणको फैसला, को को ठहरिए दोषी ?

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा १७ जनालाई दोषी ठहरिएका

विश्वकपमा स्विटजरल्याण्ड र कोलम्बिया दोस्रो पटक आमने-सामने हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ मा आज ‘राउन्ड अफ १६’

पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप

पोखरा । पोखरा–मुग्लिन सडक स्तरोन्नति आयोजना चौथोपटक म्याद थप गरिएको