१८ माघ २०८२, आइतबार | February 1, 2026

बिमस्टेक क्षेत्रका जनताका निम्ति योगदान गर्ने नेपालको प्रतिबद्धता



काठमाडौं । नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) प्रक्रियालाई पुनरुत्थान गर्न सबै सदस्य राष्ट्रबाट नवीन प्रतिबद्धता अपरिहार्य भएकामा जोड दिएको छ ।

सङ्गठनको पाँचौँ शिखर सम्मेलनको पूर्वसन्ध्यामा कोलम्बोमा मंगलबार अपराह्न भएको सदस्य मुलुकका विदेशमन्त्रीको १८ औँ बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा नारायण खड्काले बिम्स्टेकको पुनरुत्थानका लागि नवीकरणीय सङ्कल्प, सामूहिक प्रतिबद्धता र ठोस कार्यमा जोड दिएका हुन् ।

मन्त्री खड्काले जनताको जीवनस्तर उकास्न, समान अवसर सिर्जना गर्न र बङ्गालको खाडीको शान्ति र समृद्धिको आकाङ्क्षा पूरा गर्न साझेदारी एवं सहकार्य गर्नुपर्ने खाँचो औँल्याएको कोलम्बोस्थित नेपालको राजदूतावासले जनाएको छ ।

सङ्गठनलाई गतिशील तुल्याउन वर्तमान चुनौतीअनुरूप नवीन मार्गहरू पहिल्याउनुपर्ने मन्त्री खड्काले बताए । साथै उनले बिम्स्टेक क्षेत्रका जनताको विकास सुनिश्चित गर्न नेपालको रचनात्मक योगदान रहने प्रतिबद्धता व्यक्त गरे ।

आजै परराष्ट्रमन्त्री खड्काले श्रीलङ्का प्रधानमन्त्री महिन्दा राजापाक्षसँग उनकै कार्यकक्षमा शिष्टाचार भेट गरे । प्रधानमन्त्री राजपाक्षले दुई देशबीचको सुमधुर र मैत्रीपूर्ण सम्बन्धको विद्यमान अवस्थाप्रति सन्तोष व्यक्त गर्दै आगामी दिनमा द्विपक्षीय सहयोग अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।

परराष्ट्रमन्त्रीले बिमस्टेक प्रक्रियाप्रति श्रीलङ्काको प्रतिबद्धताको प्रशंसा गर्दै पारस्परिक हितका क्षेत्रमा सहयोग अभिवृद्धिका लागि श्रीलङ्कासँग निकट सम्पर्कमा रहेर काम गर्न नेपाल इच्छुक रहेको बताए ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ८ : ४१ बजे

वीरगन्ज हुँदै छ महिनामा सात अर्ब ६४ करोडको दलहन भित्रियो

वीरगञ्ज । वीरगन्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट-बुटवल सडकखण्डको

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १८ हजार ८ सय र चाँदी १ हजार ५ सय ६५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा