१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

कुनै द्विविधाविनै स्थानीय चुनावमा लाग्न ओलीको निर्देशन



काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले कुनै द्विविधा नलिईकनै स्थानीय तहको निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टीको प्रतिबद्धता पत्र तयारी भर्चुअल कार्यशालामा बुधबार ओलीले यस्तो निर्देशन दिएका हुन् ।

ओलीले विगतका केन्द्र, प्रदेश र स्थानीय तहमा एमालेका सरकारहरूले गरेका गौरवपूर्ण काम लिएर जनतामा जान निर्देशन दिए । एमाले एक पार्टी र अरु सबै एक पार्टी भएकाले कुनै द्विविधाविना निर्वाचनमा होमिन पनि उनले निर्देशन दिए ।

प्रतिबद्धता पत्र मस्यौदा समितिका संयोजक तथा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिबद्धता पत्रका सैद्धान्तिक पक्षमाथि प्रकाश पारे । मस्यौदा समितिका सदस्य सुशील ज्ञवालीले प्रतिबद्धता पत्रका बारेमा विस्तृत रूपमा व्याख्या गरे ।

कार्यक्रममा स्थायी कमिटीका सदस्यहरू, प्रदेश कमिटी र जिल्ला कमिटीका पदधिकारीहरू र पार्टीका तर्फबाट निर्वाचित पालिका प्रमुखहरू सहभागी छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ३ : ३७ बजे

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम

सङ्खुवासभामा शिक्षकको गोली हानी हत्या

काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिकामा गोली प्रहारबाट एक शिक्षकको हत्या

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

काठमाडौँ । अस्पतालको भित्ता हराएका व्यक्तिहरुको तस्बिरले भरिएको छ ।

त्रिशूली-३ ‘ए’ सुरुङबाट थप आवाज सुनियो, उद्धार टोली भित्र प्रवेश गर्दै

काठमाडौं । रसुवास्थित त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट थप आवाज