४ पुस २०८२, शुक्रबार | December 20, 2025

आइपिएल : कोलकत्तालाई पराजित गर्दै बैंगलोर विजयी



काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल)मा कोलकत्ता नाइट राइडर्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरले पहिलो जित दर्ता गरेको छ ।

बुधबार राति भएको खेलमा कोलकत्तालाई बैंगलोरले ३ विकेट हराएको हो। कोलकत्ताले दिएको १२९ रनको चुनौती बैंगलोरले १९ ओभर २ बलमा ७ विकेट गुमाएर पूरा गरेको हो ।

बैंगलोरको जितमा शेर्फान रुथरफोर्डले सर्वाधिक २८ बनाए। शाहबाज अहमेद २७, डेभिड विलि १८ र विराट कोहलीले १२ बनाउँदा दिनेश कार्तिक १४ र हर्सल पटेल १० रनमा अविजित रहे ।

कोलकत्ताका टिम साउथीले ३ र उमेश यादवले २ विकेट लिए । पहिले ब्याटिङ गरेको कोलकत्ता १८ ओभर ५ बलमा अलआउट भएको थियो ।

कोलकत्ताका आन्द्रे रसेल २५, उमेश यादवले १८, साम विलिङ्स १४, कप्तान श्रेयस एयर १३, सुनिल नारिने १२ रन बनाए । बैंगलोरका वानिन्दु हसरंगाले ४ विकेट लिए भने आकाश दीपले ३ र हर्सल पटेलले २ विकेट हात पारे ।

जितसँगै बैंगलोरले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा बैंगलोरलाई पन्जाब किङ्सले ५ विकेटले हराएको थियो । कोलकत्ताले पहिलो खेलमा चेन्नई सुपर किङसलाई ६ विकेटले हराएको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ७ : ०३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको