४ पुस २०८२, शुक्रबार | December 20, 2025

अखिल कप २०७८ को उपाधि मणिमुकन्द कलेजलाई



बुटवल । बुटवलमा सम्पन्न अखिल कप २०७८ को उपाधि मणिमुकुन्द कलेजले हात पारेको छ ।

अनेरास्ववियुका पुर्व केन्द्रीय अध्यक्ष स्व रामनाथ ढकालको स्मृतिमा विहिबार सम्पन्न जिल्ला स्तरिय अन्तर कलेज भलिबल प्रतियोगिताको फाईनलमा बुटवल बहुमुखी क्याम्पसलाई ३-० को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।

उपाधिसंगै उसले नगद ३३ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेता बुटवल बहुमुखी क्याम्पस नगद २२ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।

अनेरास्ववियु जिल्ला कमिटी रुपन्देहीको आयोजनामा बुटवल बहुमुखी क्याम्पसको भलिबल कोर्टमा भएको खेलमा मणिमुकुन्द कलेजले लगातार पहिलो, दोस्रो र तेस्रो सेट २५-१९, २५-२३, २६-२४ अंकको सोझो सेटमा जित निकाल्दै उपाधि हात पारेको हो । प्रतियोगितामा यज्ञद्घय दुधनाथ थारु बहुमुखी क्याम्पस तेस्रो स्थान हासिल गर्दै नगद ११ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।

एक समारोहका बिच नेकपा एमालेका सचिव छविलाल विश्वकर्मा, अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष यमराज पाण्डे, नेकपा एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसी, अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा लुम्बिनी संयोजक सरोज पोखरेल, अनेरास्ववियु सचिवालय सदस्य बालकृष्ण पाण्डे, केन्द्रीय सदस्य नवीन थापा सारु, साजन भण्डारी, कृष्ण बश्याल, मणिमुकुन्द कलेजका प्राचार्य टुक बहादुर क्षेत्री, बुहमुखीका डा खिमानन्द न्यौपाने, नेपाल पत्रकार महासंघका सल्लाहकार दिनेश पाण्डे, प्रेस चौतारी नेपालका जिल्ला उपाध्यक्ष भगवती पाण्डे, अनेरास्ववियु जिल्ला अध्यक्ष शेषकान्त पोखरेल, सचिव प्रकाश पराजुलीले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले प्रतियोगितालाई अझ परिस्कृत गर्दै लैजानुपर्ने सुझाव दिए । आफनो खेल जिवनको स्मरण गर्दै बुटवल खेलको उर्वरभुमि भएको बताए ।

खेलस्तरलाई बढाउन थप प्रतियोगितामा भाग लिनुका साथै नियlमत प्रशिक्षण बढाउन आग्रह गरे । प्रतियोगितामा जिल्ला २२ वटा कलेजहरुले भाग लिएका थिए .

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ८ : १७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको