१७ बैशाख २०८३, बिहिबार | May 1, 2026

कांग्रेस प्रवक्ता भन्छन् – भारत भ्रमणअघि प्रधानमन्त्रीले नबोलाएको भन्ने ओलीको आरोप झुट



काठमाडौं । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षी दलका नेताहरूसँग छलफल गर्न नचाहेको भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको आरोपको खण्डन गरेका छन् ।

देउवाले छलफल गर्न चाहेर बोलाएको तर ओलीसहितका विपक्षी दलका अन्य नेताहरू काठमाडौंबाहिर रहेकाले छलफल गर्न सम्भव नभएको उनले स्पष्ट पारे । उनले ओलीको आरोपलाई झुट भनेका छन् ।

‘ओलीजी झुटमाथि झुटको कुरा गर्न अग्रणी स्थानमा छन् । त्यस्तो झुटलाई चिर्न जुरुरी छ । उहाँले भारत भ्रमणमा देउवाजी जानुभयो, हामीसँग कुराकानी गर्नुभएन । फोनसमेन गर्नुभएन भनेर व्यापक प्रचार गर्नुभयो । त्यो सरासर झुट हो । सम्पूर्ण विपक्षी दलका नेताहरूलाई बोलाइएको तर सबै नेताहरू बाहिर रहेका कारण छलफल नभएको हो’, बागमती प्रदेश लोकतान्त्रिक खेलकुद संघले सनिवार आयोजना गरेको दोस्रो किसुनजी स्मृति राष्ट्रिय महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिता उद्घाटन गर्दै उनले भने ।

अध्यक्ष ओली जनतातिर फर्केर राष्ट्रियताको ठूला कुरा गर्ने र सम्बन्धित ठाउँमा चूँ नबोल्ने नेता भएको प्रवक्ता महतको आरोप छ । कांग्रेस भने सशक्त ढंगले सम्बन्धित ठाउँमा सुस्पष्ट ढंगले कुरा राख्ने पार्टी भएको दाबी गरे ।

भारत भ्रमणमा रहेका कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले सीमासम्बन्धी सवाल उठान गर्ने र ढिलो चाँडो टुंगो लाग्ने बताए । फरक प्रसङ्गमा उनले किसुनजी अर्थात कृष्णप्रसाद भट्टराई निष्कलंक र सादा जीवन जीउने पूर्वप्रधानमन्त्री भएको भन्दै चर्चा गरे ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  १२ : १९ बजे

खाना पकाउने ग्यासको मूल्य बढ्यो, पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेको

भोलि सार्वजनिक बिदा परेपनि सरकारी अस्पतालका ओपीडी सुचारु हुने

काठमाडौं । सरकारले भोलि (वैशाख १८) गते सार्वजनिक बिदा परेपनि

रोल्पा जिप दुर्घटनाको छानबिन गर्न समिति गठन

काठमाडौँ । गृह मन्त्रालयले रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापमा आज भएको

ट्राफिक नियम उल्लंघन गर्ने चालकको लाइसेन्स, ब्लुबुक र साँचो नियन्त्रणमा नलिन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ट्राफिक प्रहरीबाट गरिने गरेको कागजपत्र नियन्त्रण

जोखिमयुक्त बस्ती स्थानान्तरणको दोस्रो चरण शुक्रबारदेखि

काठमाडौँ । सहरी विकास मन्त्रालयले आगामी शुक्रबारदेखि दोस्रो चरणअन्तर्गत काठमाडौँ