२० मंसिर २०८२, शनिबार | December 6, 2025

सुन्दर यातायातले लुम्बिनीमा विद्युतीय कार, मोटरसाइकल र स्कुटर बिक्रि गर्ने



बुटवल । विद्युतीय सार्वजनिक बस सेवा सञ्चालनमा ल्याउने तयारी गरेको सुन्दर यातायात प्रालिले विद्युतीय कार, मोटरसाइकल र स्कुटर समेत बिक्रिवितरणको तयारी गरेको छ ।

यसका साथै प्रालिले छिट्टै नै कार, बाइक र स्कुटर पनि भित्राउने तयारी गरेको जनाएको छ । भने सन्चालनमा रहेका ईन्धनले चल्ने सवारी साधनलाई समेत बिद्युतीय सवारी साधनमा रुपान्तरण गर्ने जनाएको छ ।

हामीले सवारी धनीले चाहेको खण्डमा डिजल वा पेट्रोलबाट चल्ने सवारीलाई समेत बिद्युतीय सवारी बनाउने अनुमती पाएका छौं प्रालिका अध्यक्ष भेष बहादुर थापाले भने । त्यसका लागि सवारी धनीले केही सर्तहरु भने पुरा गर्नुपर्ने उनले जानकारी गराए ।

प्रालिले लुम्विनी प्रदेशमा महत्वपुर्ण सहरहरुमा विद्युतीय सार्वजनिक बस सन्चालन गर्ने तयारी गरेको समेत जनाएको छ ।

अध्यक्ष थापाका अनुसार लुम्बिनी प्रदेशमा सञ्चालन हुने विद्युतीय बसहरु तत्कालका लागि रुपन्देही, कपिलवस्तु र नवलपरासीका केही क्षेत्रमा सञ्चालनमा आउने छन् । भने दोस्रो चरणमा नेपालगञ्जमा पनि सञ्चालनमा आउने छन् ।

हाल दुईवटा बसबाट परीक्षण सेवा सुरु भएपनि निकट भविष्यमै तराईका अधिकांश जिल्लामा सेवा विस्तार गर्नुका साथै बसहरु पनि थप हुँदै जाने सञ्चालक डिआर घिमिरेले जानकारी दिए ।

हाल रुपन्देहीको बुटवल—सिद्धार्थनगर र बुटवल—सालझण्डी हुँदै कपिलवस्तुको जितपुरसम्म तथा बुटवलदेखि नवलपरासीको सुनवल हुँदै बर्दघाटसम्म सञ्चालन हुनेछन् ।

स्वदेशमा उत्पादित विद्युतीय ऊर्जाबाट सञ्चालित सवारी साधन वातानुकुलित र आरामदायक मात्र हैनन्, यिनले वातावरणमैत्री विकासलाई प्रवद्र्धन गरी आयातीत इन्धन प्रयोगमा कटौति गर्दै वातावरण संरक्षण तथा आत्मनिर्भर अर्थतन्त्रमा सहयोग पु¥याउने छन् ।
नेपालमा दुई वर्षभित्र ५ सय बस सञ्चालनमा ल्याउने गरी लण्डनको कशिस ई–मोविलिटीसँग सुन्दर यातायातले सम्झौता गरेको छ । यस कामका लागि भारतको प्रख्यात सार्वजनिक वस सञ्चालक कम्पनी भागिरथी ग्रुप प्रालिसँग सुन्दर यातायात प्रालिले प्राविधिक लगायत अन्य सहयोग गर्ने गरी सम्झौता भएको छ ।

रुपन्देहीको सैनामैनामा एसेम्बल प्लान्ट राख्ने सम्झौता यसअघि नै भएको थियो । नेपालले सन् २०२० भित्र नेपालका २० प्रतिशत सवारी साधन विद्युतीय ऊर्जाबाट सञ्चालित भइसक्ने उद्घघोष गरेको भएपनि सो को कार्यान्वयन हुन सकेको छैन ।

सन् २०३० मा चीन, भारतलगायत युरोपियन मुलुकले इन्धनका सवारी साधनको प्रयोगलाई विस्थापित गरी विद्युतीय सवारीसाधन प्रयोग गर्ने घोषणा गरिसकेको अवस्थामा सार्वजनिक वा निजी यातायातको भविष्य बिजुली गाडीकै भन्ने बिश्वास यस कम्पनीको रहेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ४ : ११ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल