२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

नेपालका चिया उद्यमीलाई चिनियाँ कलेजको तालिम



इलाम । नेपालमा चिया खेती र चिया उद्योग विकासको लागि चीनको कलेजले नेपाली चिया उद्योगीलाई तालिम दिएको छ । चीनको सिन्जाओ कलेज अफ साइन्स एन्ड टेक्नोलोजीले अनलाइनमार्फत तालिम गराएको हो ।

१९ दिनसम्म चलेको तालिममा नेपालका विभिन्न जिल्लाका चिया उद्यमी सहभागी थिए । अनलाइनमार्फत तालिममा सहभागी उद्यमीलाई शनिवार ‘टी मास्टर’ को प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रमाणपत्र वितरण कार्यक्रममा सहभागीले चिनियाँ कलेजले दिएको तालिम चियाको विकासमा फलदायी हुने अपेक्षा गरे । कार्यक्रममा सूर्योदय टी एसोसिएसनका गोपाल कट्टेल, चिया तथा कफी विकास बोर्डका प्रेम विष्ट, इलाम सामुदायिक कृषि क्याम्पसका प्रमुख डा. योगेन्द्रमान श्रेष्ठ, इटालीबाट प्रोफेसर लिभियो जनेनी, इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले शुभकामना मन्तव्य राखेका थिए । सिन्जाओ कलेजका प्रोफेसर डिन चाई सिवेन र अध्यक्ष लिको भिडियो म्यासेज स्क्रिनमा देखाइएको थियो ।

विदेशी अतिथिले जुममार्फत कार्यक्रममा सहभागी भएका थिए । तालिम बिआरआई परियोजनाअन्तर्गत आयोजना भएको हो ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ४ : १७ बजे

दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ कार्यक्रम नवीकरण सम्झौता

काठमाडौँ । नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच

पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न नसक्ने नेतृत्वले मुलुकको नेतृत्व गर्न नहुने : उपाध्यक्ष शाक्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले

नेपालगन्जको एउटै अस्पतालमा १७४ नयाँ कुष्ठरोगी फेलापरे

नेपालगन्ज । नेपालगन्जको एउटै अस्पतालमा उपचारका लागि आएका मध्य १७४

‘जेनजी सहिद’ का सपना पूरा गर्नु नै सरकारको प्रमुख दायित्व होः मन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले ‘जेनजी सहिद’ योद्धाका अधुरा सपना