६ पुस २०८२, आइतबार | December 21, 2025

‘केपी ओलीको चुनाव चिन्ह त्रिशुल हुन्छ’ भन्दै मजाक गर्नेको बिजोग हुनेछ : ओली



खोटाङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘केपी ओलीको चुनाव चिन्ह त्रिशुल हुन्छ’ भन्दै मजाक गर्ने नेताको हालत बिजोग हुने बताएका छन् ।

खोटाङको दिक्तेलमा सनिबार आयोजित सभालाई सम्बोधन गर्ने क्रममा हलेसी महादेवस्थान आएका अध्यक्ष ओलीले सोही ठाउँमा आयोजित संक्षिप्त पत्रकार सम्मेलनमा सूर्य र त्रिशुल जोडिएपछि मजाक उडाउँने नेताको हालत पल्टिने बताएका हुन् ।

एमाले छाडेर गएका नेताले ‘केपी ओलीको चुनाव चिन्ह त्रिशुल हुन्छ’ भन्दै मजाक उडाएको उल्लेख गर्दै ओलीले आफूले नभइ उनीहरूलाई शिवजीले त्रिशुल हान्ने बताए । ‘हाम्रो पार्टी छाडेर गएका एक जना कसैले बडो मजाकसँग मलाई के भने भने केपी ओलीको चुनाव चिन्ह अब त्रिशुल हुन्छ । अब सूर्यसँग त्रिशुल पनि जोडिने भो,’ अध्यक्ष ओलीले भने, ‘शिवजीको त्रिशुलको फेला परेपछि यिनीहरूको हालत के होला ? ओलीले अब त्रिशुल पनि हान्छ भने, मैले हान्न पर्दैन त्रिशुल त शिवजीले हान्छन् । शिवजीको त्रिशुल पनि उनीहरूले मलाई जिम्मा लाइदिनुभयो ।’

पार्टी उपाध्यक्ष रामबहादुर थापा बादलसहित खोटाङ आएका अध्यक्ष ओलीले पवित्र हलेसीमा अपवित्र गठबन्धनको बारेमा कुनै टिकाटिप्पणी नगर्ने बताए ।

अध्यक्ष ओलीले पत्नी राधिका शाक्यसहित हलेसीमा दर्शन गरेका छन् । ओलीले हलेसीमा दुई लाख भेटी चढाएको घोषणा पनि गरे । उनले हलेसीको धार्मिक, ऐतिहासिकता र पौराणिकता महत्वका बारेमा पनि चर्चा गरेका थिए ।

हलेसीमा दर्शन तथा संक्षिप्त पत्रकार सम्मेलनपछि अध्यक्ष ओली दिक्तेलमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न माटिकोरे खेलमैदान पुगेका छन् । जनसभाका लागि हजारौं कार्यकर्ता उतारेको एमालेले दावी गरेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ४ : ४० बजे

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)