६ पुस २०८२, आइतबार | December 21, 2025

आहुतीको पार्टीले चुनावमा भाग नलिने, भण्डारफोर अभियान चलाउने



काठमाडौं । विश्वभक्त दुलाल ‘आहुती’को नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने भएको छ ।

काठमाडौंमा शनिवार सम्पन्न प्रथम राष्ट्रिय भेलाले ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्दै निर्वाचन बहिस्कारको निर्णय गरेको हो ।

‘यसै संसदीय व्यवस्था भित्रको निर्वाचनको औचित्य नरहेको निष्कर्ष पार्टीको छ,’ केन्द्रीय सदस्य जागृत रायमाझीले न्युज कारखानासँग भने, ‘यो संसदीय व्यवस्था भित्रको निर्वाचन किन औचित्यहीन छ भनेर हामी भण्डारफोर अभियान सञ्चालन गर्दै छौँ ।’

उनका अनुसार सो भेलाले आहुतीलाई महासचिवमा चयनसमेत गरेको छ । २१ चैतमा बस्ने केन्द्रीय समितिको पहिलो बैठकले पार्टीको सचिवालय गठनदेखि अन्य विषयमा निर्णय लिने जनाउँदै रायमाझीले केन्द्रीय कमिटीमा ४० प्रतिशत महिला प्रतिनिधित्व गराएको जानकारी दिएका छन् ।

 

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ११ : ०७ बजे

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको