१७ बैशाख २०८३, बिहिबार | May 1, 2026

आहुतीको पार्टीले चुनावमा भाग नलिने, भण्डारफोर अभियान चलाउने



काठमाडौं । विश्वभक्त दुलाल ‘आहुती’को नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने भएको छ ।

काठमाडौंमा शनिवार सम्पन्न प्रथम राष्ट्रिय भेलाले ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्दै निर्वाचन बहिस्कारको निर्णय गरेको हो ।

‘यसै संसदीय व्यवस्था भित्रको निर्वाचनको औचित्य नरहेको निष्कर्ष पार्टीको छ,’ केन्द्रीय सदस्य जागृत रायमाझीले न्युज कारखानासँग भने, ‘यो संसदीय व्यवस्था भित्रको निर्वाचन किन औचित्यहीन छ भनेर हामी भण्डारफोर अभियान सञ्चालन गर्दै छौँ ।’

उनका अनुसार सो भेलाले आहुतीलाई महासचिवमा चयनसमेत गरेको छ । २१ चैतमा बस्ने केन्द्रीय समितिको पहिलो बैठकले पार्टीको सचिवालय गठनदेखि अन्य विषयमा निर्णय लिने जनाउँदै रायमाझीले केन्द्रीय कमिटीमा ४० प्रतिशत महिला प्रतिनिधित्व गराएको जानकारी दिएका छन् ।

 

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ११ : ०७ बजे

खाना पकाउने ग्यासको मूल्य बढ्यो, पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेको

भोलि सार्वजनिक बिदा परेपनि सरकारी अस्पतालका ओपीडी सुचारु हुने

काठमाडौं । सरकारले भोलि (वैशाख १८) गते सार्वजनिक बिदा परेपनि

रोल्पा जिप दुर्घटनाको छानबिन गर्न समिति गठन

काठमाडौँ । गृह मन्त्रालयले रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापमा आज भएको

ट्राफिक नियम उल्लंघन गर्ने चालकको लाइसेन्स, ब्लुबुक र साँचो नियन्त्रणमा नलिन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ट्राफिक प्रहरीबाट गरिने गरेको कागजपत्र नियन्त्रण

जोखिमयुक्त बस्ती स्थानान्तरणको दोस्रो चरण शुक्रबारदेखि

काठमाडौँ । सहरी विकास मन्त्रालयले आगामी शुक्रबारदेखि दोस्रो चरणअन्तर्गत काठमाडौँ