१ पुस २०८२, मंगलबार | December 16, 2025

त्रिकोणात्मक टी-ट्वान्टी सिरिज : उपाधिका लागि नेपाल र पीएनजी भिड्दै



काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी (पीएनजी) भिड्दैछन् । खेल दिउँसो १२ः३० मा टियु क्रिकेट मैदान सुरु हुनेछ ।

नेपाल अपराजित रहँदै सिरिज उपाधि जित्न चाहन्छ । तर, पीएनजी पनि सोही दाउमा हुनेछ । नेपालले लिग चरणका चार खेलमा नै सहज जित निकाल्दै उपाधि यात्रा तय गरेको थियो । त्यसकारण पनि नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रनेछ ।

नेपाललाई आज पीएनजीलाई स्तब्ध पार्दै एकदिवसीय सिरिजको बदला लिने मौका पनि छ । घरेलु मैदानमै यसअअघि नेपालविरुद्धको दुई खेलको एकदिवसीय सिरिज पीएनजीले २-० ले क्लिन स्विप गरेको थियो ।

पछिल्ला खेलमा नेपालको बलिङ र ब्याटिङको उच्च प्रदर्शन भैरहेको छ । जसलाई मलेसियाविरुद्ध दीपेन्द्रसिंह ऐरीको शतक प्रहार र पीएनजीविरुद्ध नै करण केसीको ह्याट्रिकसहित ५ विकेटले देखाउँछ ।

नेपालले पछिल्ला दुई इनिङमा लगातार २ सय माथिको योगफल बनाएको छ । फाइनलमा पनि उच्च लयमा रहेका यी खेलाडीबाट नै नेपालले आश गरेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ८ : ०८ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा