१४ असार २०८३, आइतबार | June 28, 2026

त्रिकोणात्मक टी-ट्वान्टी सिरिज : उपाधिका लागि नेपाल र पीएनजी भिड्दै



काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी (पीएनजी) भिड्दैछन् । खेल दिउँसो १२ः३० मा टियु क्रिकेट मैदान सुरु हुनेछ ।

नेपाल अपराजित रहँदै सिरिज उपाधि जित्न चाहन्छ । तर, पीएनजी पनि सोही दाउमा हुनेछ । नेपालले लिग चरणका चार खेलमा नै सहज जित निकाल्दै उपाधि यात्रा तय गरेको थियो । त्यसकारण पनि नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रनेछ ।

नेपाललाई आज पीएनजीलाई स्तब्ध पार्दै एकदिवसीय सिरिजको बदला लिने मौका पनि छ । घरेलु मैदानमै यसअअघि नेपालविरुद्धको दुई खेलको एकदिवसीय सिरिज पीएनजीले २-० ले क्लिन स्विप गरेको थियो ।

पछिल्ला खेलमा नेपालको बलिङ र ब्याटिङको उच्च प्रदर्शन भैरहेको छ । जसलाई मलेसियाविरुद्ध दीपेन्द्रसिंह ऐरीको शतक प्रहार र पीएनजीविरुद्ध नै करण केसीको ह्याट्रिकसहित ५ विकेटले देखाउँछ ।

नेपालले पछिल्ला दुई इनिङमा लगातार २ सय माथिको योगफल बनाएको छ । फाइनलमा पनि उच्च लयमा रहेका यी खेलाडीबाट नै नेपालले आश गरेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ८ : ०८ बजे

तिनाउ खोलाको बाढीमा फसेका व्यक्ति सकुशल उद्धार

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ डिङ्गारनगरस्थित तिनाउ खोलामा आएको बाढीले

संसद्‍मा एमालेले भन्यो- विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्‍याे

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको

घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

कैलाली । कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजातिका रूपमा रहेको

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित विपक्षी दलहरुले मुलुकको सीमा

मेसीको कीर्तिमानी गोलसगै अर्जेन्टिना समूह विजेता

काठमाडौं । स्टार स्ट्राइकर लियोनेल मेसीको कीर्तिमानी गोलको मद्दतमा साविक