३ पुस २०८२, बिहिबार | December 19, 2025

बाबुराम भट्टराईको चेतावनी – सम्मानजनक ढंगले सिट बाँडफाँट नभए गठबन्धन तोड्छौ



बुटवल । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच सम्मानजनक ढंगले सिट बाँडफाँट हुनुपर्ने बताएका छन् । सिट बाँडफाँटमा भेदभाव गरिए त्यो आफ्नो दललाई स्वीकार्य नहुने उनले बताए ।

२०७४ सालमा भएको स्थानीय निर्वाचनको नतीजाका आधारमा सिट बाँडफाँड अमान्य हुने उनको भनाई छ । रुपन्देहीको शुद्धोधनमा आयोजित पार्टी प्रवेश एवं आमसभालाई संबोधन गर्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् । “२०७४ सालमा प्राप्त गरेको सिट संख्यालाई आधार मानेर चुनावमा गठबन्धन हुन सक्दैन”–उनले भने ।

अघिल्लो स्थानीय तहको निर्वाचन भएको चारवर्षपछि मात्र आफ्नो पार्टी गठन भएकाले अघिल्लो निर्वाचनको सिट संख्यालाई आधार मानेर चुनावी गठबन्धन गर्न नहुने भट्टराईले बताए ।

“हाम्रो दल २०७८ सालमा बनेको हो, त्यसैले २०७४ सालको सिट संख्या हामीलाई मान्य हुँदैन”–उनले भने । आफूहरुले संविधान र व्यवस्था बचाउने उद्देश्यले गठबन्धन गरेको भन्दै पेल्न खोजिए गठबन्धन तोड्ने उनले चेतावनी दिए । “चुनामा तालमेल गर्ने हो भने सम्मानजनक सिट चाहिन्छ, नभए पेलेर अघि बढ्न खोज्ने हो भने गठबन्धनको विकल्प खोज्छौं”–भट्टराईले भने ।

उनले आफ्नो दल भविष्यमुखी भएर जन्मेको दावी गरे । “हामी वर्तमानमा होइन, भविष्यमा विश्वास गर्छौ, भविष्यमुखी भएर नै हाम्रो दल जन्मेको हो”–उनले भने ।

सिंहदरबारमा रहेको भ्रष्टाचार सातै प्रदेश र गाउँगाउँसम्म पुगेको भन्दै भट्टराईले यसको अन्त्यका लागि पुराना पार्टीको विकल्प खोज्नुपर्ने बताए । “पुराना दलले चुनाव जितेकाले भ्रष्टाचार बढेको हो, अहिले गाउँ र सिंहदरबार जतासुकै भ्रष्टाचार व्याप्त छ, यसका लागि नयाँ दललाई चुनावमा जिताउनुपर्छ”–उनले भने ।

भ्रष्टाचार रोक्न र संविधानको अपूर्णतालाई पूर्ण बनाउन संविधान संशोधन अपरिहार्य रहेको भट्टराईले बताए । राजनीतिक स्थिरता र सुशासनका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक संसदको व्यवस्थामा जानुपर्नेमा भट्टराईले जोड दिए ।

पहिचानका आधारमा प्रदेशहरुको सीमांकन हुनुपर्नेमा त्यसो नभई २ नम्बर प्रदेश वाहेक अरु प्रदेशहरु पञ्चायती व्यवस्थाको विकास क्षेत्रको मोडेलमा भएकाले भारतमा जस्तै सबैको पहिचान झल्किने गरी बनाउनुपर्ने भट्टराईको भनाई छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ७ : १३ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको