८ चैत्र २०८२, आइतबार | March 22, 2026

रुपन्देहीका सबै पालिकामा सम्मानजनक रुपमा सिट बाँडफाँट गर्ने निर्णय



भैरहवा । आगामी स्थानीय निर्वाचनको प्रतिस्पर्धाका लागि सत्तारुढ गठबन्धनले रुपन्देहीका सबै पालिकामा सम्मान जनक सिट बाडफाट गर्नका लागि संयन्त्र बनाएको छ ।

गठबन्धनका दलहरुको सहअस्तित्व स्वीकार हुने गरी गठबन्धन गर्ने निर्णय पाँच दलले जनाएका छन् ।

गठबन्धनले गरेको घोषणा अनुसार सत्तारुढ पाँच दलले जिल्लाका १६ बटै स्थानीय तहमा संयन्त्र निमार्ण गरी गठबन्धनलाई मजबुुद बनाउने निर्णय गरेका छन् ।

मंगलबार भैरहवामा बसेको गठबन्धनमा आवद्ध दलहरुको बैठकले चुनावी गठबन्धनको आवश्यकता ठहर गर्दै र सोका लागि नगर र वडातहसम्म नै गठबन्धन गरेर अघि बढ्ने निर्णय गरेका हुन् ।

नेपाली काग्रेस रुपन्देहीको पार्टी कार्यालय भैरहवामा बसेको सत्तारुढ गठबन्धनका दलहरु कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), नेकपा समाजवादी र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा निर्णय गरेका छन् ।

सवै पालिका र वडास्तरमा राजनीतिक संयन्त्र गठन गरी एक ढिक्का भएर स्थानीयतहको निर्वाचनमा लाग्ने निर्णय भएको नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले जानकारी दिए । सयंत्रको नेतृत्व कांग्रेसले गर्ने समेत जिल्ला स्तरमा निर्णय भएको छ । गठबन्धनले बिस्तृत अध्यन र अनुुसन्धन गरी पार्टीको यथार्त मतको आधारमा सिट बाँडफाँट गर्ने जनाएको छ ।

नेपाली काग्रेस रुपन्देहीका सभापति खाँणका सभापतित्वमा भएको बैठकमा कांग्रेसका केन्द्रीय सदस्य अब्दुुल रज्जाक, एकीकृत समाजबादीका केन्द्रीय सदस्य डा। बालकृष्ण चापागाई, माओवादी केन्द्रका केन्द्रीय सदस्य मकसुुद अली, सोनिया यादव, जनता समाजबादीका केन्द्रीय सदस्य देवेन्द्र पाण्डे सागर, जिल्लाअध्यक्ष रमाअवतार यादव, माओवादीका जिल्ला अध्यक्षनिर्मल जिसी, समाजवदीका जिल्ला अध्यक्ष राजुु गरुङ्ग, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम, नेपाली कांग्रेसका उपसभापति थानेश्वर घिमीरे, सचिव हरि काफ्ले लगायतको उपस्थितिमा बैठक बसेको हो ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ८ : ५६ बजे

कांग्रेसको देउवा समूहले बोलायो १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठक

काठमाडौं । १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा नेतृत्वको समूहले

परम्परागत ज्ञान र आधनिक विज्ञानमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण : अख्तियारद्वारा पुनः २१ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded