१० कार्तिक २०८३, मंगलबार | October 28, 2026

अब समुद्री बन्दरगाहबाट सिधै काठमाडौंमा माल सामान



काठमाडौं । छिमेकी मुलुक भारत र चीनको समुद्री बन्दरगाहबाट अब सिधै मालसामान बोकेका कन्टेनर काठमाडौं आउन बाटो खुलेको छ ।

काठमाडौं उपत्यकाको चोभारमा अवस्थित सुख्खा बन्दरगाह औपचारिक रूपमा सञ्चालनमा आएसँगै व्यवसायीले अन्तर्राष्ट्रिय बन्दरगाहबाट सिधै काठमाडौंमै मालसामान ल्याउन पाउने भएका हुन् । अब स्वदेशी वस्तु निर्यात पनि यही बन्दरगाहबाट नै गर्न सकिने भएको छ ।

नेपाल राष्ट्र बैंकले गत १५ चैतमा विदेशी विनियम कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७८ लाई संशोधन गर्दै अन्तर्राष्ट्रिय व्यापारका लागि जारी हुने प्रतीतपत्रमा प्रचलित व्यवस्थाबमोजिम चोभारको सुक्खा बन्दरगाह भन्सार कार्यालय नाका हुनेगरीसमेत गर्न सकिने तथा अन्य भन्सार कार्यालयबाट पैठारी गर्ने गरी प्रतीतपत्र जारी भइसकेका मालवस्तुको समेत पैठारीकर्ताको माग भएमा प्रचलित व्यवस्थाबमोजिम चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयको नाममा भन्सार बिन्दु परिवर्तन गर्न सकिने व्यवस्था गरिसकेको थियो ।

निर्माण सम्पन्न भएको आधा वर्षपछि सो राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुख्खा बन्दरगाह मंगलबारबाट औपचारिक सञ्चालनमा आएको हो । आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ७ : ४२ बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको