१० श्रावण २०८३, आइतबार | July 26, 2026

स्वदेशमै उत्पादित वस्तुको उपभोग नगरेसम्म आर्थिक समृद्धि हुन सक्दैन : वरिष्ठ उपाध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण भए पनि श्रीलंकाको अवस्थामा पुग्ने अवस्था नभएको बताएका छन् ।

बुधबार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेसनमा बोल्दै उपाध्यक्ष ढकालले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा भए पनि श्रीलंकाको अवस्था भने नपुग्ने बताए । ढकालले यो चुनौती सामना गर्न अर्थतन्त्रलाई चलायमान बनाउने गरी नीजि क्षेत्रले काम गर्न आवश्यक रहेको धारणा राखे । उनले
ढकालले स्वदेशमा उत्पादित बस्तुहरुको जबसम्म उपभोग नगरेसम्म रोजगारी सृजना र आर्थिक समृद्धि हुन नसक्ने जिकिर गरे ।

ढकालले भने, ‘जबसम्म हामीले स्वदेशी उत्पादनलाई प्राथमिकता दिदैनौँ र स्वदेशी उत्पादनबाट नै रोजगारी सृजना गर्ने , राजश्व संकलन गर्ने मुलुकमा पूर्वाधारहरुको विकास गर्ने र स्वदेशमा उत्पादन भएका वस्तुलाई धेरै भन्दा धेरै उपयोग गर्न सकिदैन। त्यति बेलासम्म वास्तविक रुपमा आर्थिक सर्मद्धि हुँदैन । कोरोना महामारीले हामीलाई धेरै कुराहरु सिकाएको छ । महामारीको अवस्थामा पनि बाच्न सक्ने अवस्था बनाएको थियो । त्यो सिकाईलाई पूँजीमा लगानी गर्नू पर्छ । अहिले विदेश आउने रेमिट्यान्स कम भएको अवस्था छ । मुलुकको विदेशी मुद्रा सञ्चिति घट्दै गएकाले सरकारले विलासिताका वस्तु आयातमा रोक लगाएको छ । विदेशी मुद्रा सञ्चिति करिव ७ महिनालाई धान्ने अवस्थामा रहेकाले अर्थतन्त्रको विषयमा प्यानिक हुने अवस्था छैनौं भन्ने लाग्छ । तर हामीले यसो भन्दै गर्दा स्वदेशी उत्पादनलाई र अर्थतन्त्रलाई चलायमान बनाउने गरी नीजि क्षेत्रले काम गर्न सक्यो भने अहिलेका चुनौती पूर्ण अर्थतन्त्रको सामना गर्न सक्छौं । श्रीलंकाको जस्तो अवस्था जस्तो हुन्छ भन्ने लाग्दैन । अर्थतन्त्र सुधार गर्न खालका काम गर्न नीजी क्षेत्रलाई आग्रह गर्दछु ।’

त्यस्तै उपाध्यक्ष ढकालले अहिलेको अर्थतन्त्रको मुख्य समस्या तरलता अभाव भएको बताए । उनले तरलता अभावको कारण बैंकहरुले तरलता सहज बनाउनको लागि निक्षेपको ब्याजदर बढाए पनि निक्षेप बढ्न नसकेको जिकिर गरे ।

उपाध्यक्ष ढकालले बैंकहरुले निक्षेपको ब्याजदर बढाउँदैमा निक्षेप बढ्दैन भन्दै बैंकहरुमा व्यवसायले थाम्न सक्ने ब्याजदर नभएसम्म व्यवसायिक गतिविधि पनि अघि बढ्न नसक्ने दाबी गरे ।

उनले भने, ‘अहिले बजारमा तरलताको समस्या रहेको छ । त्यसले गर्दा बैंकहरुले ब्याजदर बढाएका थिए । तर यसबाट के देखिएको छ भने निक्षेपको ब्याजदर बढ्दैमा निक्षेप बढ्न सक्दैन भन्ने कुरा देखाएको छ । जबसम्म व्यवसाय गर्नको लागि व्यवसायले थाम्न सक्ने ब्याजदर हुनसक्दैन । यस्तो अवस्थामा व्यवसायीक गतिविधिहरु अगाडि बढ्न सक्दैन ।’

त्यस्तै पूर्व उद्योग तथा वाणिज्य आपूर्ति राज्य मन्त्री मोती दुगडले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण भएको अवस्थामा पनि सरकार गम्भिर नभएको बताए । उनले अहिलेको गठबन्धन सरकारले नीजि क्षेत्रसँग कुनै छलफल समेत गर्न नसकेको आरोप लगाए । सरकारले पछिल्लो समय उद्योगी व्यवसायीहरुको मनोवल खस्काउने काम गरेको दुगडले बताए । उनले उद्योगी व्यवसायीको खस्केको मनोवल कसरी बढाउने भन्ने विषयमा सरकार गम्भिर नभएको आरोप आरोप लगाए ।

 

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ४ : ४६ बजे

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले

एमबीएस प्रश्नपत्र लीक प्रकरण : सिआइबीले सार्वजनिक गर्‍यो मुख्य आरोपीको नाम

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले त्रिभुवन

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

काठमाडौं । माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा डुबानको मुख्य कारण त्यस