२२ भदौ २०८३, सोमबार | September 7, 2026

पुँजीगत खर्च गर्न भौतिक मन्त्रालय अझै कमजोर



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयसँग थप करिब १ खर्ब रकम माग गरेको छ ।

विकास निर्माणसम्बन्धी सबैभन्दा महत्वपूर्ण र धेरै बजेट विनियोजन गरिएको भौतिक मन्त्रालयले चालू आर्थिक वर्षको बजेटमा विनियोजित बजेट खर्च गर्न नसके पनि पुनः ठूलो मात्रामा थप रकम माग गरेको पाइएको हो ।

भौतिक पूर्वाधार मन्त्रालयले चालू आर्थिक वर्षको नौ महिनामा हालसम्म पुँजीगततर्फ करिब २४ प्रतिशत मात्र खर्च गरेको छ । विनियोजित बजेट खर्च गर्नेभन्दा भौतिकको ध्यान नयाँ बजेट थप गर्नेमा केन्द्रित भएको पाइएको छ । स्रोतका अनुसार भौतिक मन्त्रालयले करिब १ खर्बबराबरको थप बजेट माग गरेको छ ।

भौतिकले मदन भण्डारी राजमार्ग, नागढुंगा सुरुङमार्ग, जनकपुर परिक्रम सडक आयोजना, नारायण मुग्लिङ सडकको मुआब्जा, मेलम्ची बजार हेडबक्स, काठमाडौं उपत्यकाको सडक विस्तारलगायत आयोजनाका लागि थप बजेट माग गरेको छ ।

कतिपय आयोजनाका लागि भने बजेट आवश्यक देखिए पनि अधिकांश नयाँ थप गरिएकोसमेत पाइएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले यसअघि प्रतिनिधिसभाअन्तर्गत विकास समिति बैठकमा आफू आउनुअघि पुँजीगत खर्च नै कम भएकाले प्रगति नदेखिएको जनाउँदै ‘अब सुधार हुने’ जनाएकी थिइन् । तर, त्यसपछि पनि पुँजीगत खर्च सुधार हुन सकेको देखिँदैन ।

विनियोजित रकम ‘कसरी बढीभन्दा बढी खर्च गर्ने ?’ भन्नेमा मन्त्रालयको ध्यान जानुपर्नेमा उल्टै नयाँ कार्यक्रममा बजेट माग गरिएको पाइएको हो । गत जेठको बजेट वक्तव्यमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ६३ अर्ब बजेट विनियोजित गरिएको छ ।

जसमा सुरुङ मार्गलाई १ अर्ब ८० करोड, रेलमार्गका लागि १० अर्ब ३ करोड, पुल निर्माणतर्फ ११ अर्ब १० करोड, चक्रपथ विस्तारका लागि २ अर्ब ६४ करोड विनियोजन गरिएको छ । सरकारले ३ सय वटा पुल निर्माण लक्ष्य राखेको छ । आजको राजधानी दैनिकमा टेनिस रोकाले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  ७ : २७ बजे

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा

भोटेकोशी बाढीः एक हजार ३५५ को मृत्यु भने

काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा