२२ भदौ २०८३, सोमबार | September 7, 2026

नम्रता श्रेष्ठ भन्छिन्- विनय र सारुकसँग जोडिन पाउँदा खुसी लागेको छ



काठमाडौं । सन् २००८ मा बनेको फिल्ममार्फत विनय श्रेष्ठ र नम्रता श्रेष्ठले नेपाली फिल्ममा पाइला टेके । डिजिटल फर्म्याटमा निर्माण भएको दोस्रो फिल्म भएकाले पनि यसले राम्रो चर्चा पायो । म्युजिक भिडियोमा निकै नाम कमाएका आलोक नेम्वाङले निर्देशन गरेको फिल्मले सहर केन्द्रीत हलमा सन्तोषजनक नै व्यापार गर्यो ।

विशेषतः नेपालभर डिजिटल प्रविधि नभएकाले पनि धेरै स्टेसनमा फिल्म प्रदर्शन भएन । तर, विनय र नम्रताको राम्रै चर्चा भयो । उनीहरूसँगै कार्मको पनि प्रशंसा भयो । तर, त्यसपछि यो जोडीलाई दर्शकले देख्न पाएका छैनन् । आउँदो वर्षसम्म विनय र नम्रतालाई भने ‘ग्रहण’ फिल्ममा दर्शकले देख्न पाउनेछन् ।

‘हामीले किन काम गरेनौ भन्दा पनि साइत जुरेन । हामीलाई लिएर केही फिल्म अफर भएका थिए, तर त्यो विविध कारणले बनेनन्,’ नम्रताले भनिन्, ‘म विनय दाईसँग फिल्म गर्दैछु तर कर्मासँग पनि फिल्म भएको छैन । विनयसँग यसपटक कथा मिलेको छ । मैले आफ्नो क्यारेक्टरको बारेमा धेरै खुलाउन मिल्दैन । मेरो क्यारेक्टर एरियल योगा इन्स्ट्रक्टरको हो ।’

विनय फिल्ममा कलाकारसँगै कार्यकारी निर्माता पनि छन् । ‘राजीवजी ९निर्देशक० को कुरा सुनेर म पनि फिल्ममा अनुबन्धित भएको हुँ । उहाँ नयाँ हुनुहुन्छ केही गर्छु भनेर आउनु भएको छ । हामीले सघाउनुपर्छ,’ विनयले भने । उनले फिल्ममा आफू नम्रताको लभ इन्ट्रेस्ट भएको बताए । ‘राजीवजीले कथा लेख्दा नै मलाई र नम्रतालाई हेरेर कथा लेख्नु भएको रैछ । र, हामी पनि मन परेर जोडिएका हौँ,’ विनयले भने ।

फिल्ममा सारुक ताम्राकार पनि छन् । उनले नम्रताको ब्वाईफ्रेन्डको क्यारेक्टर निर्वाह गर्नेछन् । ‘म प्रोटागोनिस्टको ब्वाइफ्रेन्डको क्यारेक्टरमा छु । उहाँहरूसँग प्रोजेक्टमा जोडिन पाउँदा निकै उत्साहित छु । प्रोजेक्ट प्लानिङमै पनि मैले राम्रो उहाँहरूबाट सिकिरहेको छु,’ उनले भने ।

राजीव गुरुङको निर्माण तथा निर्देशनमा बन्ने फिल्मको सिक्किमस्थित गान्तोकमा यसै साता मात्र घोषणा गरिएको थियो । ‘फिल्मको कथा सिक्किमसँग जोडिएकाले नै सिक्किममै पुगेर घोषणा गरेका हौँ । फिल्मका लागि सिक्किमकै एउटा लिड क्यारेक्टर खोजिरहेका छौँ,’ राजीवले भने । अमेरिकाबाट फिल्मसम्बन्धी अध्यन गरेर नेपाल फर्किएका राजीवले फिल्मलाई स्तरीय बनाउन र कथा सुहाउँदो पात्र छनोट गर्दा विनय, नम्रता र सारुक परेको बताए ।

थ्रिलर ड्रामा जनरा रहने फिल्म रे भेन्चर्स प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण हुने भएको छ । भारतको सिक्किम र नेपालमा छायांकन हुने फिल्मले दुवैै देशको पर्यटनमा सघाउने विश्वास उनको छ । ‘सानो संसार’ रिलिजको १४ वर्षपछि विनय र नम्रताले स्क्रिन सेयर गर्ने भएका छन् । फिल्ममा हरि हुमागाईंको छायांकन, प्रवीण श्रेष्ठको सम्पादन, विशाल सापकोटाको स्क्रिप्ट र स्क्रिनप्ले रहेको छ भने यसको स्टोरी निर्देशक गुरुङको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  ४ : २२ बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११