१ चैत्र २०८२, आइतबार | March 15, 2026

कोभिडका कारण दुई वर्षपछि लाग्यो हलेसीमा रामनवमी मेला



खोटाङ । रामनवमीको अवसरमा खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा दर्शनार्थीको घुइँचो लागेको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने हलेसीमा रामनवमीको अवसरमा आइतबार बिहानदेखि दर्शनार्थीको बाक्लो भिड लागेको हो । हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको हलेसीमा कोभिड–१९ को महामारीका कारण दुई वर्षपछि रामनवमी मेला लागेको हो ।

कोभिड–१९ को महामारीका कारण हलेसीमा २०७६ र २०७७ सालमा रामनवमी मेला रोकिएको थियो । बिहान झिसमिसदेखि हलेसीमा महादेवस्थानमा दर्शन गर्ने र पूजापाठ गर्ने दर्शनार्थीको बाक्लो भिड लागेको छ ।

मध्यपहाडी लोकमार्गले छोएको हलेसीमा मेला भर्न र दर्शन गर्न स्वदेश तथा विदेशबाट दर्शनार्थी आउने गरेका छन् । पछिल्लो समय सडकको सहज पहुँचका कारण दर्शनार्थी रिजर्भ गाडीमा आउने र दर्शन गरेलगत्तै फर्कने गरेका कारण हलेसीमा भिडभाड भने तुलनात्मक रुपमा कम देखिन थालेको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले बताए ।

‘पहिला सडक बनेको थिएन । दर्शनार्थी पैदल हिँडेर हलेसी आउन पर्थ्यो, खाना बनाएर खान पर्थ्यो, बिश्राम गर्न पर्थ्यो, अहिले गाडीमा आएर दर्शन गरेर फर्किने गरेका छन्,’ प्रमुख राईले भने, ‘त्यही कारण हलेसीमा पहिलाको तुलनामा दर्शनार्थीको चाप कम देखिन्छ । दर्शनार्थी आइरहनु भएको छ । तर, दर्शन गरेर फर्किहाल्ने गरेका कारण भिडभाड कम देखिन्छ । दर्शनार्थी आउने क्रम घटेको होइन ।’

हलेसीमा रामनवमीको अघि र पछि गरी हप्ता दिनसम्म मेला लाग्ने गरेको छ । हलेसीमा दर्शन गर्न र मेला भर्न आएका दर्शनार्थीका कारण त्रिपालले ढाकिएका अस्थायी टहरामा राखिएका पशल तथा होटल भरिभराउ भएका छन् । जिल्ला तथा जिल्ला बाहिरका व्यापारी आउने भएकाले हलेसीमा लाग्ने मेला आर्थिक विनिमयको केन्द्रका रूपमा स्थापित छ ।

रामनवमीको अवशरमा मेला भर्न तथा दर्शन गर्न नेपालबाहेक, सिक्किम, दार्जिलीङ, बिहार, नयाँदिल्ली, चीन, तिब्बत, भुटानलगायतका देशबाट दर्शनार्थीहरू हलेसी आउने गरेका छन् । भिडका कारण हलेसीका साना तथा ठूला होटल व्यस्त छन् ।

हलेसी पुग्ने सहज बाटो बनेपछि काठमाण्डौ, बिराटनटर, धरान, जनकपुर, पोखरालगायतका दर्शनार्थीहरु गाडी रिजर्भ गरेर हलेसीमा आउने जानेक्रम बाक्लिएको छ । हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने र महादेव गुफा, बसासा गुफा, मञ्जुश्री गुफा, गर्दुम गुफा, भैरव गुफा, दुंदेलो गुफा, धर्मद्वार, पापद्वार लगायतका प्राकृतिक स्थान अवलोकन गर्न पर्यटक तथा दर्शनार्थीहरू हलेसी आउने गरेका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ११ : १० बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन