६ पुस २०८२, आइतबार | December 21, 2025

स्थानीय तह चुनाव : ओलीको गृहनगर दमकमा राप्रपासहितको गठबन्धन भए एमालेलाई जटिल



झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर हो, दमक नगरपालिका । स्थानीय तहको निर्वाचनमा दमक एमालेका लागि प्रतिष्ठा पनि हो । स्थानीय सरकारको पहिलो निर्वाचनमा १० वटा वडामध्ये आठवटा वडा र प्रमुख, उपप्रमुख जितेको एमालेलाई साख जोगाउने चुनौती छ । एमालेबाहेकका दल भने एमालेलाई हराउने रणनीतिसहित छलफलमा छन् । २०७४ को स्थानीय तहको निर्वाचनको मत परिणामका आधारमा दमकमा एमालेपछि दोस्रो नम्बरमा राप्रपा छ । त्यसपछि माओवादी र कांग्रेस छन् ।

पार्टी विभाजनको सामान्य असर दमक एमालेमा पनि छ । राप्रपासहितको विपक्षी गठबन्धन बनाउने औपचारिक सहमति भइसकेको अवस्थामा दमकमा एमालेमाथि दबाब थपिँदो छ । एमालेले माथिल्लो कमिटीमा नगर प्रमुखका लागि तीन जनाको नाम सिफारिस गरेको छ । हालकी उपप्रमुख गीता अधिकारी, अम्बिका खनाल र होम थापाको नाम सिफारिस गरिएको एमाले दमकका अध्यक्ष गेहनाथ पोखरेलले बताए । विगतको मतअनुसार राप्रपासहितको गठबन्धन बन्दा संकटमा रहेको एमाले अध्यक्ष पोखरेलले भने एक्लै जित्ने दाबी गरे । ‘हामीएक्लै जित्न सक्छौँ भन्ने हो । तर, सबैको गठबन्धनको कुरा चलिरहँदा हामी पनि गरौँ भन्ने हो,’ उनले भने ।

एमालेबाहेकका दल राप्रपा, माओवादी, कांग्रेस, नेकपा ९एस०, जसपा संघीय लिम्बुवान पार्टी नेपाललगायतले एमालेविरुद्ध गठबन्धन गर्ने निणर्य गरिसकेका छन् । ‘सुरुमा गठबन्धनको बैठक बसेर राप्रपा र लिम्बुवानलाई पनि सहभागी गराउने निणर्य गर्‍यौँ । पछि राप्रपा र लिम्बुवानसँग बसेर गठबन्धन गर्ने औपचारिक निणर्य भएको छ,’ माओवादी केन्द्र दमकका अध्यक्ष रवि बस्नेतले भने, ‘कुन पद कसलाई भन्ने भएको छैन ।’

पद बाँडफाँडको विषयमा औपचारिक छलफल नभए पनि अनौपचारिक छलफल भइरहेका छन् । राप्रपा विगतमा पनि दोस्रो भएका कारण उसलाई मेयर दिएर कांग्रेसले उपमेयर राख्ने र कम्तीमा पाँचवटा वडा माओवादीलाई दिने गरी पनि चर्चा भइरहेको छ । यस्तै, मेयर माओवादी, उपमेयर राप्रपा र कम्तीमा सातवटा वडा कांग्रेसलाई दिएर गठबन्धन गर्ने अनौपचारिक छलफल भइरहेको गठबन्धन स्रोतले जनाएको छ । तर, राप्रपाले भने पहिलो सर्त नगरप्रमुख नै भएको जनाएको छ ।

नगर प्रमुख राप्रपाले पाए राम थापा उठ्नेछन् । उनी २०७४ मा पनि प्रतिस्पर्धा गरेका थिए । शनिबार दमकमा भएको चुनावीसभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले थापा मेयरको उम्मेदवार भएको बताए । थापाले पनि गबन्धन हुने तर पहिलो सर्त मेयर नै रहेको बताए । ‘एमालेबाहेको गठबन्धन हुन्छ । तर, हाम्रो अडान मेयरमै रहन्छ,’ उनले भने,‘ मुख्य दावेदारी नै मेयर हो ।’

दमकमा एमालेबाहेकको गठबन्धन कुनै हालतमा बन्ने कांग्रेस नगर सभापति प्रकाश प्रसाईंले बताए । उनले केन्द्रको निणर्यअनुसार र स्थानीय तहमा राप्रपालाई सँगै लिएर गठबन्धन हुने बताए । ‘सबै दलले वार्ता समिति बनाएर गठबन्धनका लागि वार्ता गर्ने निणर्य भएको छ,’ उनले भने, ‘यो विषय केही दिनमै टुंगिन्छ ।’

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ३ : ४६ बजे

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको