६ पुस २०८२, आइतबार | December 21, 2025

स्थानीय तह चुनाव : वीरेन्द्रनगरमा तालमेल गर्ने सत्तारुढ गठबन्धनको निर्णय



सुर्खेत । सत्तासाझेदार दलले प्रदेश राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडामा चुनावी तालमेल गर्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेसका नगर सभापति उपेन्द्र खड्काका अध्यक्षतामा आइतबार बसेको नगरस्तरीय संयन्त्रको बैठकले आसन्न स्थानीय तह निर्वाचनमा साझेदार दलबीच तालमेल गरेर जाने निर्णय गरेको हो ।

बैठकले पाँच दलको केन्द्र, प्रदेश र जिल्लाको निर्देशन अनुसार स्थानीयस्तरमा गठबन्धनको मर्म तथा भावना अनुसार व्यवहार गर्ने निर्णय गरेको छ । कांगे्रस नगर सभापति खड्काले पार्टीका नगर कमिटीका प्रमुखहरु सम्मिलित संयन्त्र निर्माण गरी नियमित बैठक बस्ने, आवश्यकताका आधारमा अन्य प्रतिनिधिलाई संयन्त्रमा बोलाउने निर्णय गरिएको जानकारी दिए । बैठकमा नेकपा (माओवादी केन्द्र)का नगर अध्यक्ष रत्न गाहा, नेकपा (एकीकृत समाजवादी) का लोकप्रसाद चालिसे, राष्ट्रिय जनमोर्चाका विष्णु शर्मा र जनता समाजवादी पार्टीका फत्तेबहादुर सोती मगर सहभागी थिए ।

यसअघि सुर्खेतस्थित ती दलहरुको बैठकले निर्वाचनमा जिल्लाका नौ वटै पालिकामा उम्मेदवारीमा तालमेल गर्ने र पालिकास्तरीय संयन्त्रलाई क्रियाशिल बनाउने लगायतका निर्णय गरेको थियो ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ८ : १५ बजे

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको

मिराज ढुङ्गाना समूहद्वारा भोलिदेखि देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन