२१ भदौ २०८३, आइतबार | September 6, 2026

प्रेस चौतारीका अध्यक्षले आफ्नै विचार समुहका नेता नचिनेपछि….



काठमाडौं । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले सामाजिक सञ्जालमा पोष्ट गरेको फोटोले बजार तातो बनाइदिएको छ । अध्यक्ष बस्नेतले सत्ता गठबन्धनको नेताहरुलाई चुच्चे नक्सा बिरोधी गठबन्धनको संज्ञा दिंदै पोष्ट गरेको फोटोमा उनी आबद्ध पार्टी एमाले उपाअध्यक्ष सुवास नेम्वाङ पनि कैद भएपछि फोटोले चर्चा पाएको हो ।

बस्नेतले नेपालकालागि भारतीय राजदूत विनय मोहन क्‍वात्राको बिदाईका लागि राजदूतावासले आयोजना गरेको रात्री भोजमा उपस्थित रहेका सत्ता गठबन्धनको नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवा, माधव नेपाल र प्रचण्डलाई लक्षित गर्दै आशीर्वाद थाप्न भारतीय दूतावासमा पुगेको टिप्पणी समेत गरेका छन् । उनले ती नेताहरुलाई चुच्चे नक्साविरोधी गठबन्धनको संज्ञा दिंदै टिप्पणी गरेको फोटोमा एमाले उपाध्यक्ष नेम्वाङको पनि उपस्थिती रहेको छ ।

बस्नेतको पोष्टमा प्रतिक्रिया व्यक्त गर्ने धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले नेम्वाङलाई पनि सत्ता गठबन्धनमा सामेल गराईएको भन्दै टिप्पणी समेत गरेका छन् ।

बस्नेतले आशिर्वाद थाप्न राजदूतावास पुगेको टिप्पणी गरेको रात्री भोजमा एमाले उपाध्यक्ष त्रय नेम्वाङ, सरेन्द्र पाण्डे र विष्णु पौडेल पनि सहभागी रहेका थिए ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ९ : २८ बजे

परेवाभिरमा सडक मर्मत नसकिएपछि मलेखु-काठमाडौं सडक बन्द

काठमाडौं । मलेखु-काठमाडौं सडकखण्डअन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ परेवाभिरमा सडक मर्मत

पहिरोले रोल्पाको सहिदमार्ग अवरुद्ध

रोल्पा । गएराती परेको अविरल वर्षाका कारण पहिरो खस्दा रोल्पाको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा । बाजुरामा अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

हालान्डको गोलमा म्यानचेस्टर सिटीको लगातार तेस्रो जित

काठमाडौं । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आफ्नो विजयी यात्रा

भोटेकोशी बाढी : ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

काठमाडौं । रसुवास्थित भोटेकोसी नदीमा भदौ १० गते आएको विनासकारी