३ पुस २०८२, बिहिबार | December 18, 2025

शाहवंशीय राजाहरूको उद्गमस्थलको रुपमा परिचित लमजुङ दरबार ओझेलमा



लमजुङ । पर्यटकीय गन्तव्यको रूपमा सम्भावना रहेको लमजुङको गाउँशहरस्थित ऐतिहासिक लमजुङ दरबार ओझेलमा परेको छ ।

शाहवंशीय राजाहरूको उद्गमस्थलको रूपमा परिचित गाउँशहर दरवार र सँगै रहेको कालिका मन्दिर सम्वर्द्धन र प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो ।

ऐतिहासिक लमजुङ दरबारसँगै रहेको कालिका मन्दिर धार्मिक पर्यटकीय गन्तव्य हो । गाउँशहरमै रहेको काउलेपानी पछिल्लो समय नेपालकै उत्कृष्ट होमस्टे गाउँ घोषणा भएको छ ।

मन्दिरमा आउने भक्तजन र होमस्टेमा दैनिक पर्यटकको घुँचो लागे पनि पर्यटकको रोजाइमा दरबार नपर्दा प्रवर्द्धनको कमि भएको सरोकारवालाहरूको बुझाइ छ । फष्टाउँदो पर्यटन व्यवसाय र प्रशस्त सम्भावना भएकोले अब स्थानीय सरकारले दरबारको सम्वर्द्धन र प्रवर्द्धन गर्नुपन स्थानीय देवप्रसाद गुरुङको धारणा छ । २०५४ सालमा लमजुङ दरबार क्षेत्र विकास गुरुयोजना बनाउने भनिए पनि गुरुयोजना तयार नहुँदै स्थानीय निकाय भंग भएपछि यस क्षेत्रको विकासका लागि हालसम्म कुनै पहल भएको पाइँदैन ।

१६औं शताब्दीतिर मुलुक बाइसे चौबिसे राज्यमा विभाजित हुँदा लमजुङमा यशोब्रम्ह शाहले राज्य गर्थे । गाउँशहरस्थित लमजुङ दरबारबाट विस्तार भएको शाह राजाहरूको शासन मुलुकमा गणतन्त्र आउनुअघि राजा ज्ञानेन्दसम्म आइपुग्यो ।

शाह राजाहरूको इतिहाससँग जोडिएको ऐतिहासिक लमजुङ दरबार पर्यटकीय क्षेत्रको रुपमा विकास हुने प्रशस्त सम्भावना भए पनि सम्बन्धित निकायले यसको विकासमा वास्ता नगर्दा ओझलमा परेको लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवालले बताए ।

 

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  १० : ४६ बजे

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको