२६ असार २०८३, शुक्रबार | July 10, 2026

स्थानीयतहमा एमालेलाई जिताउन भारतीय संस्थापन पक्षको सहयोग रहन्छ : चित्रबहादुर केसी



बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमालेलाई स्थानीयतहमा जिताउन भारतीय संस्थापन पक्षको सहयोग रहने बताएका छन् । राष्ट्रिय जनमोर्चाको घोषणापत्र सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष केसीले भारतीय गुप्तचर प्रमुख सामन्त गोयलसंगको भेट भएदेखि नै एमालेले हिन्दुधर्म बोकेर हिंड्न थालेको आरोप लगाए ।

उनले एमालेको हिन्दुधर्मको लाईन र राजाबादीहरुको लाईन मिल्न गएको टिप्पणी गर्दै स्थानीय चुनावमा दुईपक्षबीच गठबन्धन हुने सम्भावना रहेको पनि बताए । अध्यक्ष केसीले अहिले पनि स्थानीयतहको अधिकाँस अधिकार केन्द्रमा राखिएको उल्लेख गर्दै त्यसलाई ग्रामिण विकास मन्त्रालय बनाएर स्थानीयतहमा ल्याउनु पर्ने बताए ।

पत्रकारहरुको प्रश्नको उत्तर दिँदै केसीले पाँच दलीय गठबन्धन स्थानीयतहमा उद्योग कल कारखाना खोल्नको लागि नभई २०७२ सालको संबिधान र गणतन्त्रको रक्षा तथा प्रतिगमनलाई पराष्ट गर्न बनेको स्पष्ट पारे । पाँच दलका अन्य दलहरुसँग सैद्धान्तिक मतभेद हुँदाहुँदै पनि जनमोर्चाले प्रतिगमनका विरुद्ध गठबन्धनमा सामेल भएको केसीको भनाई छ ।

कार्यक्रममा केसीले राष्ट्रिय जनमोर्चाको स्थानीयतह निर्वाचनको २८ बुँदे घोषणापत्र सार्वजनिक गरेका थिए । घोषणापत्रमा स्थानीयतहको बेरुजु घटाउने, भ्रष्टाचारको अन्त्य गर्ने, सुशासन कायम गर्ने स्थानीयस्तरमै उद्योग कल कारखाना खोल्ने, दक्ष जनशक्ति निर्माण गर्ने जस्ता विषयहरु समेटिएका छन् । घोषणापत्र सम्बन्धमा धारणा राख्दै अध्यक्ष केसीले दलाल नाकेरशाहीको अधिनमारहेको राज्यमा समाजवादको कुरा गर्नु बेकार हुने समेत बताए ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ३ : ०६ बजे

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२/०८३ को

‘कालो चस्मा खोल्ने बेला आयो’ : गणेश नेपाली प्रकरणमा प्रधानमन्त्रीमाथि कांग्रेसको कडा प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आत्मदाह गरेका मुगुका

बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण

नेपालगन्ज । चालु आव २०८२/८३ मा बाँकेका सबै स्थानीय तहमा

माकलबारीमा अक्सिजन सिलिन्डर विष्फोट हुँदा पैदलयात्रीको मृत्यु

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले ए–लेभल, सिबिएसइ, आइबिडिपीलगायत विदेशी