२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

नाफामात्र नभई जनताको हितलाई केन्द्रमा राखेर कारोबार गर्न उद्योगी व्यवसायीलाई मन्त्री बडूको आग्रह



काठमाडौं । माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योगी व्यवसायीले नाफा मात्र नभई जनताको हितलाई केन्द्रमा राखेर वस्तु तथा सेवाको कारोबार गर्नुपर्ने बताएका छन् ।

बुधबार निजी क्षेत्रका विभिन्न संगठनसँगको छलफलमा मन्त्री बडूले व्यवसायिक संगठनले व्यवसायिक हितसँगै जनता र राष्ट्रको हितलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताएका हुन् ।

उनले बजारमा ग्यासलगायत उपभोग्य वस्तुको अभाव र अत्यधिक मूल्यवृद्धि भइरहेको जनगुनासो बढिरहेकाले यसको सहजताका लागि सरकारलाई सहयोग गर्न ग्यास बिक्रेतालगायत व्यवसायीलाई आग्रह गरे ।

यसैगरी मन्त्री बडूले उद्यमशीलताको विकास, दक्ष जनशक्ति उत्पादन, ग्रामीण क्षेत्रका महिला तथा युवाहरुलाई आत्मनिर्भर बनाउन नतिजामूलक काममा जोड दिनुपर्ने समय आएको बताए ।

उनले आयातमुखी अर्थतन्त्रले जुनसुकै बेला समस्या आउनसक्ने भएकाले स्वदेशी उत्पादन र ग्रामीण उद्यमशीलतामार्फत आत्मनिर्भर बन्ने कार्यमा सरकार जस्तो सुकै सहयोग गर्न तयार रहेको पनि बताए । यसकार्यले स्वदेशमा नै रोगजारीको अवसर सृजना भई आवश्यक वस्तुको उत्पादनबाट आंशिक रुपमा भए पनि आयात प्रतिस्थापन हुने र यसले समग्र अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे ।

बुधबार चेम्बर अफ कमर्श, नेपाल इटा उद्योग महासंघ, दक्षिण एशियाली महिला विकास मञ्च, ग्यास बिक्रेता महासंघ नेपालका प्रतिनिधिहरूले माननीय मन्त्रीलाई बधाई तथा शुभकाना दिँदै विभिन्न समस्याका बारेमा ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ९ : ०३ बजे

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

मैनाबगर अटोभिलेजमा बृहत सरसफाई

बुटवल । बुटवल अटो इञ्जिनियरिङ एशोसिएसन, रुपन्देही लुम्बिनीले अटो भिलेज

नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको आकर्षण देखियो : माधव नेपाल

नेपालगन्ज । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले जेनजी पुस्ताको

खजुरामा भोलिबाट रनिङ शिल्ड : आठौं खजुरा मेयरकप रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा

खजुरा । बाँकेको खजुरामा आयोजना हुने आठौं अन्तर बिद्यालय मेयर