१० श्रावण २०८३, आइतबार | July 26, 2026

नाफामात्र नभई जनताको हितलाई केन्द्रमा राखेर कारोबार गर्न उद्योगी व्यवसायीलाई मन्त्री बडूको आग्रह



काठमाडौं । माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योगी व्यवसायीले नाफा मात्र नभई जनताको हितलाई केन्द्रमा राखेर वस्तु तथा सेवाको कारोबार गर्नुपर्ने बताएका छन् ।

बुधबार निजी क्षेत्रका विभिन्न संगठनसँगको छलफलमा मन्त्री बडूले व्यवसायिक संगठनले व्यवसायिक हितसँगै जनता र राष्ट्रको हितलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताएका हुन् ।

उनले बजारमा ग्यासलगायत उपभोग्य वस्तुको अभाव र अत्यधिक मूल्यवृद्धि भइरहेको जनगुनासो बढिरहेकाले यसको सहजताका लागि सरकारलाई सहयोग गर्न ग्यास बिक्रेतालगायत व्यवसायीलाई आग्रह गरे ।

यसैगरी मन्त्री बडूले उद्यमशीलताको विकास, दक्ष जनशक्ति उत्पादन, ग्रामीण क्षेत्रका महिला तथा युवाहरुलाई आत्मनिर्भर बनाउन नतिजामूलक काममा जोड दिनुपर्ने समय आएको बताए ।

उनले आयातमुखी अर्थतन्त्रले जुनसुकै बेला समस्या आउनसक्ने भएकाले स्वदेशी उत्पादन र ग्रामीण उद्यमशीलतामार्फत आत्मनिर्भर बन्ने कार्यमा सरकार जस्तो सुकै सहयोग गर्न तयार रहेको पनि बताए । यसकार्यले स्वदेशमा नै रोगजारीको अवसर सृजना भई आवश्यक वस्तुको उत्पादनबाट आंशिक रुपमा भए पनि आयात प्रतिस्थापन हुने र यसले समग्र अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे ।

बुधबार चेम्बर अफ कमर्श, नेपाल इटा उद्योग महासंघ, दक्षिण एशियाली महिला विकास मञ्च, ग्यास बिक्रेता महासंघ नेपालका प्रतिनिधिहरूले माननीय मन्त्रीलाई बधाई तथा शुभकाना दिँदै विभिन्न समस्याका बारेमा ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ९ : ०३ बजे

एमबीएस प्रश्नपत्र लीक प्रकरण : सिआइबीले सार्वजनिक गर्‍यो मुख्य आरोपीको नाम

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले त्रिभुवन

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

काठमाडौं । माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा डुबानको मुख्य कारण त्यस

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक, ‘नेपाल’ सम्मान

काठमाडौं । नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक ९नेपाल०’ अवार्ड प्राप्त

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल