१७ बैशाख २०८१, सोमबार | April 29, 2024

लिभरपुल सेमिफाइनलमा



काठमाडौं । बेन्फिकासँग युइएफए च्याम्पियन्स लिग अन्तर्गत दोस्रो लेगमा बुधबार राति ३-३ गोलको बराबरी खेल्दै लिभरपुल सेमिफाइनलमा प्रवेश गरेको छ ।

समग्रमा इंग्लिस क्लब लिभरपुलले पोर्चुगिज क्लब बेन्फिकालाई ६-४ अन्तरले पराजित गर्यो । पहिलो लेगमा बेन्फिका घरेलु मैदानमा लिभरपुलसंग ३-१ अन्तरले पराजित भएको थियो ।

दोस्रो लेगमा भने बेन्फिकाले खेलमा फर्कन निकै प्रयास गर्यो । तर पहिलो लेग हार्नु नै बेन्फिकाको लागि घातक रह्यो ।

दोस्रो लेगमा लिभरपुलका लागि रोबर्टो फिर्मिनोले दुई तथा इब्राहिमो कोनाटेले एक गोल गरे ।

अर्को क्वाटर फाइनलमा एट्लेटिको मड्रिडलाई १-० अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी सेमिफाइनलमा प्रवेश गर्यो ।

फाइनल प्रवेशका लागि लिभरपुलले स्पेनिस क्लब भिल्लारियलसंग खेल्नेछ ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  ७ : ५४ बजे

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।

बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार २४९ मतले अगाडी

बझाङ । बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा

इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै

इलाम । इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मतगणना

आज कस्तो रहला देशभरको मौसम ?

काठमाडौं । नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ