३० श्रावण २०८३, शनिबार | August 16, 2026

वेस्टह्यामलाई हराउँदै लिभरपुल ईएफएलको सेमिफाइनलमा



काठमाडौं । वेस्टह्यामविरुद्ध प्रभावशाली जित निकाल्दै लिभरपुल ईएफएलको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान एनफिल्डमा लिभरपुलले वेस्टह्यामलाई ५-१ को फराकिलो अन्तरले पराजित गर्‍यो ।

डोमिनिक सोबोस्लाइले २८ मिनेटमा २५ यार्डबाट गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। कर्टिस जोन्सले ५६ औं मिनेटमा अग्रता दोब्बर पारे । ७१ औं मिनेटमा कोडी गाक्पोले सिजनको आफ्नो आठौँ गोल गरेपछि लिभरपुलले ३-० को अग्रता लियो ।

७७ औँ मिनेटमा जारोड बोवेनले वेस्टहमका लागि सान्तोना गोल फर्काए । ८२ औं मिनेटमा मोहम्मद सलाह र त्यसको २ मिनेटपछि जोन्सले व्यक्तिगत दोस्रो गोल गर्दै ५-१ को जित निश्चित गरे ।

जोन्सको दोस्रो गोल लिभरपुलले यस प्रतियोगितामा गरेको ५ सयौँ गोल थियो । योसँगै २०२२ को च्याम्पियन लिभरपुल कीर्तिमान विस्तार गर्दै १० औं पटक उपाधि जित्ने लक्ष्यमा छ ।

लिभरपुलले सेमिफाइनलमा फुलह्यामको सामना गर्नेछन् । सेमिफाइनलको पहिलो लेग ८ जनवरी र दोस्रो लेग त्यसको दुई हप्ता पछि हुनेछ ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ८ : ४७ बजे

पाटन बारको अध्यक्षमा निरौला विजयी

काठमाडौँ । उच्च अदालत बार एसोसिएसन नयाँ पदाधिकारीका लागि आज

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

खजुरा क्यान्सर अस्पतालमा आजबाट दैनिक नित्यपूजा अर्चना सहित स्वास्थ्यलाभका लागि प्रर्थना गरिने

नेपालगन्ज । धार्मिक अनुष्ठानबाट संकल्प गरिएको बाँकेको खजुरा स्थित सुशील

सरकारको विश्वसनीयता खस्किदै गएको छ : वरिष्ठ उपाध्यक्ष बैद्य

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको ३४ र ३५ ओै

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो