१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

निर्वाचन सर्ने हल्लाले आयोग रुष्ट



काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको आक्रामक तयारी गरिरहेको अवस्थामा केही पक्षले एकाएक निर्वाचन सर्न सक्ने भन्दै भ्रम फैलाएपछि आयोग रुष्ट बनेको छ ।

निर्वाचन आयोगले निर्वाचनको प्रायः सबै तयारी पूरा भएको र सोहीअनुसार मतपत्रसमेत छापिसकेकाले अब निर्वाचन निर्धारित समयमा नै हुने स्पष्ट पारेको छ । आयोगका अनुसार हालसम्म ३९ जिल्लाको ७० लाख ३३ हजार थान मतपत्र छापिइसकेको छ भने दैनिक सरदर ८ लाख थान मतपत्र छापिने क्रम जारी छ ।

पछिल्ला केही दिनदेखि निर्वाचन सर्न सक्ने भ्रम फैलाइँदै आइएको छ । सत्तारूढमध्येको एक दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केही दिनअघि राजधानीमा आयोजित एक कार्यक्रममा निर्वाचन सर्न सक्ने सम्भावना रहेको भन्दै भ्रमपूर्ण अभिव्यक्ति दिएको भन्दै आयोग रुष्ट छ । नेपालले सो अभिव्यक्ति दिएलगत्तै गत मंगलबार विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ३० वैशाखमा घोषित निर्वाचन कुनै कारण देखाएर सारिए मुलुक गम्भीर दुर्घटनामा जान सक्ने चेतावनी दिएका थिए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनका सबै तयारी पूरा भएर मतपत्रसमेत छाप्ने काम भइरहेको अवस्थामा निर्वाचन सारिए त्यो मुलुकका लागि दुर्भाग्यपूर्ण हुने बताए । प्रमुख थपलियाको अभिव्यक्ति हेर्दा आयोग जुनसुकै हालतमा पनि तोकिएको समयमा निर्वाचन गराउनै पर्नेमा दृढ देखिन्छ । ‘निर्वाचनको रकेट उडिसक्यो त्यो अब निर्वाचन सम्पन्न नगर्दासम्म बीचैमा अवतरण हुने भन्ने प्रश्न नै हुँदैन,’ थपलियाले भने । उनले निर्वाचन सार्ने कुराको कल्पनै गर्न नसकिने बताएका थिए ।

निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले निर्वाचन सर्नै नसक्ने बताए । उनले निर्वाचन सार्ने भन्ने हल्ला प्रायोजित मात्रै हुन सक्ने बताए । ‘निर्वाचन आयोगको परामर्शबिना सरकारले निर्वाचन सार्न सक्दैन, हामी निर्वाचन सार्ने भन्ने विषयमा परामर्श दिन्नाैँ, आयोग समयमा नै निर्वाचन गराउन दृढ संकल्पित छ,’ आयुक्त पौडेलले भने ।

निर्वाचनको सम्बन्धमा भ्रम सिर्जना गरिएपछि आयोगले शुक्रबार निर्वाचन सर्ने भन्ने हल्ला भ्रम मात्रै भएकाले त्यसमा कुनै सत्यता नभएको स्पष्ट पारेको छ । निर्वाचन अन्योल सिर्जना हुने अभिव्यक्ति नदिनसमेत आयोगले सबैलाई आग्रह गरेको छ ।

बिहीबार आयोगद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन निर्धारित समयमा नै हुने भएकाले यस सम्बन्धमा कसैले कुनै संशय व्यक्त नगर्न आग्रह गरेका हुन् । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ७ : ०४ बजे

‘तारा’ चिन्हमा मतदान गर्न नेकपाको अपिल (पूर्णपाठसहित)

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी निर्वाचनमा आफ्नो पार्टी र

सिंहदरबार पुनःनिर्माण गर्न सकिन्छ : रवि लामिछाने

गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

भदौ २३-२४ को जस्तो आन्दोलन र विध्वंस दोहोरिन नदिन कांग्रेस प्रतिवद्ध छ : गगन थापा

सुर्खेत। नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान निर्वाचन कुनै दलको

सुप्रिम सहकारी पीडितको व्यथा : जीवनभरको कमाइ गुमाएका पीडित त्रासमा मौन

बुटवल । बुटवलस्थित सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा रकम गुमाएका

निर्वाचनले छोएन चितवनको माझी, मुसहर बस्ती

चितवन । देशभर निर्वाचनको माहोल भएपनि यहाँको एक बस्तीमा हालसम्म