११ कार्तिक २०८३, बुधबार | October 29, 2026

घरबाटै कुहिने र नकुहिने फोहोर छुट्याउन कामपाको आग्रह, नछुट्याए ५ सय जरिवाना लाग्ने



काठमाडौं । राजधानी काठमाडौंमा फोहोर फ्याँक्नुअघि घरबाटै कुहिने र नकुहिने फोहोर छुट्टयाउनुपर्ने बाध्यकारी व्यवस्था लागु हुने भएको छ ।

त्यसो नगरे प्रत्येकपटक ५ सय रुपियाँ जरिवाना हुने काठमाडौं महानगरपालिकाले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले कामपालाई दुई फरक प्रकृतिको फोहोर छुट्टाछुट्टै व्यवस्थापन गर्न निर्देशन दिएपछि कामपाले सो व्यवस्था लागु गर्न लागेको हो ।

कामपा वातावरण विभागले हिजो बिहीबार सार्वजनिक सूचना जारी गरी फोहोर पृथकीकरण गरी कुहिने फोहोर संकलन गर्न आउने बार जैविक अर्थात् कुहिने फोहोर र नकुहिने फोहोर संकलन गर्न आउने बार प्लास्टिकलगायतका नकुहिने फोहोर संकलन गर्ने जनाएको छ ।

कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले वैशाख १ गतेबाट वडा नम्बर १० मा यो व्यवस्था लागु भइसकेको जानकारी दिँदै भने– ‘हामीले हिजोबाट प्रक्रिया शुरू गरेका छौँ, यो महिनासम्म सूचना, माइकिङसहित प्रचारप्रसार हुनेछ, जेठबाट सबै वडामा लागु गर्नेछौं । स्रोतमै फोहोरको वर्गीकरण नगरे जेठ १ गतेबाट जरिवाना तिराउन शुरू गर्नेछौँ ।’

विभागले आइतबार, मंगलबार र शुक्रबार नकुहिने फोहोर संकलन गरिने जनाएको छ । त्यसै गरी सोमबार, बुधबार र बिहीबार कुहिने फोहोर संकलन गर्ने व्यवस्था गर्न लागिएको विभागले जनाएको छ ।

सर्वोच्च अदालतले १० वर्षअघि वर्गीकरण गरेर मात्रै फोहोर विसर्जन गर्ने व्यवस्था गर्न कामपालाई निर्देशनात्मक आदेश दिएको थियो । आदेशपछि केही महिना फरकफरक बारमा दुई प्रकारको फोहोर जम्मा गरी व्यवस्थापन गर्ने व्यवस्था शुरू गरेको थियो । आजको नेपाल समाचारपत्र दैनिकमा ईश्वरराज ढकालले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ७ : ४० बजे

नागरिक सेवामा समर्पित भएर काम गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको गुनासो उचित रूपमा

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौँ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौंँ । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’

एनपिएल : सुदूरपश्चिम रोयल्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण

काठमाडौँ । उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय