४ भदौ २०८३, बिहिबार | August 20, 2026

विश्व इतिहासमा आजः अल्बर्ट आइन्सटाइनको मृत्युदेखि फ्रान्सिस्कोको शक्तिशाली भूकम्प



काठमाडौं । आज सन् २०२२ को १८ अप्रिल ।आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । आजकै दिन प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्सटाइनको मृत्यु भएको थियो । त्यस्तै जिम्बाबेले बेलायतबाट आजकै दिन स्वतन्त्र भएको थियो । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाक्रमः

सान फ्रान्सिस्कोमा शक्तिशाली भूकम्प

सन् १९०६ मा क्यालिफोर्नियाको सान फ्रान्सिस्को सहरमा शक्तिशाली भूकम्प गएको थियो । भूकम्पमा परेर ३ हजार जनाको मृत्यु भएको थियो । भूकम्प र त्सपछिको आगलागीमा ८० प्रतिशत सहर ध्वस्त भएको थियो ।

सेन्ट पिटर निर्माण सुरु

सन् १५०६ मा हालको सेन्ट पिटर्स बासिलिकाको निर्माण सुरु भएको थियो । भ्याटिकन सिटीको सेन्ट पिटर विश्वको सबैभन्दा महत्वपूर्ण क्याथोलिक क्षेत्रहहरू मध्ये एक हो ।

अल्बर्ट आइन्सटाइनको मृत्यु

आजकै दिन विश्व प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्सटाइनको मृत्यु भएको थियो । जर्मन मूलका अमेरिकी वैज्ञानिक आइन्सटाइनको मृत्यु १९५५ को १८ अप्रिलमा भएको थियो । उनको जन्म १८७९ को १४ मार्चमा जर्मनीको युल्ममा भएको थियो ।

२० औं शताब्दीका महान् भौतिकशास्त्री आइन्सटाइनको सापेक्षतावादको सिद्धान्त अर्थात् ‘थ्योरी अफ रिलेटिभी’लाई भौतिकशास्त्रको महान सिद्धान्तका रुपमा लिइन्छ । यही सिद्धान्तका कारण २० औँ तथा २१ औँ शताब्दीमा भौतिकशास्त्रमा क्रान्ति ल्याएको छ ।

जिम्बाबे स्वतन्त्र

सन् १९८० को १८ अप्रिलमा जिम्बाबे बेलायतबाट स्वतन्त्र भएको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ६ : ५५ बजे

दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको

जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज

नेपालगन्ज । बहुमूल्य जडीबुटी सङ्कलन, प्रशोधन, भण्डारण र विदेश निर्यातका

उद्योगी व्यवसायीको एजेण्डाबाट विमुख उद्योग वाणिज्य संघको निर्वाचन

नेपालगन्ज । बाँकेको नेपालगन्जका व्यवसायीलाई यतीबेला चुनाव लागेको छ ।

‘पार्वती’को ट्रेलर सार्वजनिक, दिदी-भाइको भावनात्मक कथा देखाउँदै

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म

प्रतिनिधिसभाको दुई तिहाइले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सत्तारूढ दलका