१४ श्रावण २०८३, बिहिबार | July 31, 2026

चुनाव चिह्नबारे दायर रिटमा अन्तरिम आदेशबारे आज छलफल



काठमाडौं । नेपाल सुशासन पार्टीले निर्वाचन चिह्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज अन्तरिम आदेशबारे छलफल हुँदै छ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा. कुमार चुडालको संयुक्त इजलासमा रिटको पक्ष र विपक्षबीच छलफल हुने भएको हो ।

रिट निवेदकको तर्फबाट संविधानविद्समेत रहेका अधिवक्ता डा. भीमार्जुन आचार्य अन्तरिम आदेशबारेको छलफलमा सहभागी हुनेछन् ।

विपक्षीबाट महान्यायाधिवक्ताको कार्यालयका अधिकारीहरू सहभागी हुनेछन् ।

यसअघि २८ चैत २०७८ मा न्यायाधीशहरू प्रकाशमान सिंह राउत र तेजबहादुर केसीको संयुक्त इजलासमा अन्तरिम आदेशबारे छलफलका लागि रिटको पेसी तोकिएको थियो ।

तर, समय अभाव देखाउँदै त्यसबेला ‘हेर्न नभ्याइने’ सूचीमा राखेको थियो ।

रिटमार्फत अध्यक्ष खरेलले आगामी तीन तहको निर्वाचनमा पार्टीको निर्वाचन चिह्न नै निर्वाचन आयोगबाट प्रयोग गर्न पाउनुपर्ने माग गरेका छन् ।

उनले गत ९ चैतमा रिट दायर गरेका हुन् । रिटमाथि १३ चैतमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले रिटको प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ११ : १८ बजे

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति