२९ भदौ २०८३, सोमबार | September 15, 2026

कैलाली कांग्रेसलाई वाम एकताको डर, साना वाम दलसँग गठबन्धन गर्ने तयारीमा एकीकृत समाजवादी



धनगढी । चुनावी तालमेलका लागि पाँच दलीय गठबन्धनबीच पटक पटक भएको छलफल निश्कर्षविहीन बन्दै जाँदा कैलालीमा दलहरुबीच थप अविश्वासको वातावरण बन्न थालेको छ ।

मुख्यगरी नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी पार्टी स्थानीय तहमा आ-आफ्नो दावीबाट पछि नहटेपछि सहमतिको वातावरण बन्न नसकेको हो । समहति नहुँदा गठबन्धनमा आवद्ध दलहरूनै एकअर्का प्रति शंका उपशंका गर्न थालेका छन् ।

कैलालीमा नेकपा एसले तुलनात्मक रुपमा धेरै स्थानीय तहमा भाग खोजेको भन्दै कांग्रेस र माओवादी रुष्ट बनेको हो । जसका कारण नेकपा एस पनि दुई दल मिल्न सक्ने भन्दै त्रसित बन्न थालेको छ । यही कारण नेकपा एसले अन्य साना वाम दलसँग चुनावी तालमेलका लागि छलफल गर्न थालेको छ ।

राष्ट्रिय जनमोर्चालगायतका दलसँग नेकपा एसले गठबन्धन बनाएर अघि बढौँ भन्ने प्रस्ताव समेत गरेको स्रोतको दावी छ । श्रोतका अनुसार नेकपा एसले आइतबार मात्रै नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चालगायत कम्युनिष्ट पार्टीसँग वाम एकता गरेर चुनावमा जाने प्रस्ताव राखेको छ । त्यसका लागि नेकपा एसले आन्तरिक छलफल पनि अघि बढाएको छ ।

‘कांग्रेस र माओवादी मिल्न सक्ने नेकपा एसको आशंका पनि छ । गठबन्धनको संयुक्त बैठकमा पनि कांग्रेस र माओवादी केन्द्रको कुरा एउटै हुने गरेको थियो,’ नेकपा एसका एक नेताले भने, ‘यसबाट उनीहरू मिले जस्तो देखिन्छ, दुई पार्टी मिले हामी पनि आफ्नै तरिकाले अघि बढ्छौं ।’

 

तालमेल सम्मानजनक हुनुपर्छ : एस

नेकपा एकीकृत समाजवादी पार्टी कैलालीका अध्यक्ष भैरव रावलले चुनावी तालमेल गर्दा सम्मानजनक व्यवहार हुनु पर्ने बताए । नेकपा एस पहिलो पटक चुनावमा जान लागेको भन्दै उनले भने ‘अहिले नै हामीलाई कम्जोर ठान्नु कांग्रेस माओवादीको गलत आंकलन हो । २०७४ सालको स्थानीय चुनावमा कैलालीका १३ मध्ये एमालले मात्रै सात पालिकामा जित हात पारेको थियो,’ उनले भने एमालेलाई जिताउन भूमसका खेल्ने धेरै नेता कार्यकर्ता नेकपा एसमा छन्, जिल्लामा हाम्रो उपस्थिति बलियो छ, त्यसैले हामीलाई कम्जोर नठाने हुन्छ ।’ कांग्रेस र माओवादीलाई स्थापित गर्न नेकपा एसले गरेको त्यागको पनि सम्मान हुनुपर्ने उनको भनाइ छ ।

गठबन्धनमै रहेको नेपाली कांग्रेस पनि वाम गठबन्धन हुन सक्ने भन्दै सशंकित देखिन्छ । गठबन्धनका हरेक बैठकमा कांग्रेस र माओवादी केन्द्र एउटै कित्तामा उभिए पनि कम्युनिष्टहरू जतिसुकै बेला मिल्न सक्ने भन्दै कांग्रेस एक्लै चुनावमा जान समेत आन्तरिक तयारीमा रहेको श्रोतको भनाइ छ ।

कांग्रेस कैलालीको निर्वाचन प्रचारप्रचार समितिका एक सदस्यका अनुसार वाम गठबन्धनका लागि भित्रभित्रै नेकपा एस, माओवादी केन्द्र र अन्य कम्युनिष्ट पार्टीबीच छलफल भइरहेको खबर आएपछि कांग्रेसले एक्लै चुनाव लड्ने गरी आन्तरिक तयारी थालेको हो । केन्द्रबाट सहमति भएर आएका स्थानीय तहबाहेकमा कांग्रेस एक्लै चुनाव लड्न सक्ने ती नेताले बताए । तर, केन्द्रले सहमति गर्न ढिलाई गर्दा जिल्लामा योजना बनाउन समस्या भइरहेको उनको भनाइ छ ।

पर्ख र हेरको स्थितिमा माओवादी केन्द्र
नेकपा माओवादी केन्द्र भने पर्ख र हेरको स्थितिमा छ । आफूले जितेका स्थानमा अरुलाई नेतृत्व नदिने स्पष्ट पारेर बसेको माओवादी केन्द्र अन्य पालिकाको हकमा बढी भन्दा बढी स्थानको नेतृत्व लिन दाउमा छ । तर, अहिलेसम्म गठबन्धनबाहेक तालमेलका लागि अन्य छुट्टै दलसँग छलफल नभएको नेकपा माओवादी केन्द्रका कैलाली संयोजक हरि ज्ञावाली बताउँछन् । ‘दलहरू आ-आफ्नै अडानमा रहेका कारण कैलालीमा सहमति हुन सकिरहेको छैन,’ संयोजक ज्ञावालीले भने, ‘सहमति नभए हामी एक्लै पनि चुनाव लड्न सक्छौं वा अन्य पार्टीसँग पनि तालमेल हुन सक्ला तर अहिलेसम्म त्यतातर्फ छलफल भएको छैन ।’

कैलालीका १३ स्थानीय तह मध्ये नेपाली कांग्रेसले ११, माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादी पार्टीले चार र राष्ट्रिय जनमोर्चाले एक स्थानीय तहमा नेतृत्व दावी गर्दै आएका छन् ।

केन्द्रमा शत्तारुढ पार्टीको गठबन्धनमै रहेको जनता समाजवादी पार्टी ९जसपा०ले कैलालीमा भने गठबन्धन तोडेर अन्य केही क्षेत्रीय पार्टीसँग गठबन्धन गरेर जाने निर्णय नै गरिसकेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ३ : २० बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ