२० माघ २०८२, मंगलबार | February 4, 2026

विश्व इतिहासमा आजः अमेरिकामा शक्तिशाली विस्फोटदेखि डार्विनको मृत्यु



काठमाडौं । आज सन् २०२२ को १९ अप्रिल । विश्व इतिहासमा आज सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाक्रमः

अमेरिकामा बम हमला

सन् १९९५ मा अमेरिकाको ओक्लाहोमा सहरमा भएका विस्फोटहरूमा १६८ जनाको मृत्यु भएको थियो । उक्त आक्रमणका माइस्टरमाइन्ड तिमोथी म्याकभेगलाई सन् २०११ को ११ जुनमा मृत्युदण्ड दिइएको थियो । विस्फोटको कारण खुलेको छैन् । विस्फोटमा मृत्यु हुनेमध्ये १९ जना शिशु तथा बालबालिका थिए ।

पहिलो मानव अन्तरिक्ष स्टेसन

सन् १९७१ को १९ अप्रिलमा सोभियत युनियन विश्वकै सबैभन्दा पहिलो मानव अन्तरिक्ष स्टेसन सुरु भएको थियो । स्यालुट १ नामक दिइएको सो स्टेसन २३ मिटर लामो थियो ।

अमेरिकी क्रान्तिकारी युद्ध

सन् १७७५ मा अमेरिकी क्रान्तिकारी युद्ध सुरु भएको थियो । लेक्सिङ्टन र कन्कर्डको युद्धले ग्रेट ब्रिटेनको राज्य र ब्रिटिश उत्तरी अमेरिकाका १३ उपनिवेशहरूबीच सशस्त्र द्वन्द्व भएको थियो । युद्धको परिणामस्वरूप अमेरिकी स्वतन्त्रता भयो ।

चाल्स डार्विनको मृत्यु

आजकै दिन प्रसिद्ध वैज्ञानिक चाल्र्स डार्विनको मृत्यु भएको थियो । सन् १८०९ को १२ फेब्रुवरीमा बेलायतमा जन्मिएका डार्विनको मृत्यु १८८२ को १९ अप्रिलमा भएको थियो । डार्विनले क्रमिक विकास सिद्धान्तको प्रतिपादन गरेका थिए ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ६ : ३३ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको