२१ बैशाख २०८१, शुक्रबार | May 4, 2024

डाँडाखेतमा सबस्टेशन निर्माण शुरु



म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ डाँडाखेतमा १३२ केभी क्षमताको सबस्टेशन निर्माण शुरु भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले डाँडाखेतबाट रघुगङ्गा गाउँपालिका-३ अम्वाङ जोड्ने प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेशन निर्माण थालेको हो । मालिका-७ का वडाध्यक्ष रेशम जुग्जालीले डाँडाखेतमा सबस्टेशन बनाउन जग्गा सम्याउने काम शुरु भएको बताए ।

पहिलो चरणमा घेराबार र भवन निर्माण भइसकेको र अब सबस्टेशनका उपकरण राख्नका लागि जग्गा सम्याउने काम भइरहेको उनले बताए । सन् २०२१ को डिसेम्बर ३१ मा भारतीय कम्पनी लार्सन एन्ड टियुब्रो (एलएनटी) सँग सबस्टेशन र प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो ।

आयोजना प्रमुख रोशन अग्रवालले सम्झौतालगत्तै डिजाइन सकेर ठेकेदारले प्रारम्भिक चरणको पूर्वाधार निर्माण थालेको बताए । आयोजनाको ठेक्का अवधि ३० महिनाको छ ।

म्याग्दीको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी र मध्य भूगोलबाट बग्ने राहुघाट तथा आसपासका नदीमा निर्माणको चरणमा रहेका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न प्रसारण लाइन र सबस्टेशन बनाउन लागिएको हो ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ८ : १८ बजे

राष्ट्रियसभाको विधायन समितिद्धारा लुम्बिनी गुरुयोजना र अन्य विकासबारे स्थलगत अध्ययन तथा निरीक्षण

लुम्बिनी । राष्ट्रियसभा अन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन

ग्लोबल आईएमई बैंकले दियो बागमती प्रदेश स्तरीय साक्षरता तथा डिजिटल तालिम

काठमाडौं । ग्लोबल आईएमई बैंकले बागमती प्रदेश स्तरीय वित्तिय साक्षरता

दोस्रो रुपन्देही पालिका स्तरीय पुरुष भलिबलको उपाधी शुद्धोधन गाँउपालिकालाई

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको रुपन्देही पालिका

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको