६ पुस २०८२, आइतबार | December 22, 2025

बझाङमा गठबन्धनमा सहमति : गठबन्धनका ३ दल मिलेर चुनाव लड्ने



धनगढी । सत्तारुढ गठबन्धनले सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा चुनावी तोलमेलका लागि स्थानीय तहमा भागबण्डाको टुङ्गो लगाएको छ ।

सत्तारुढ दलमध्ये बझाङमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नकपा एकीकृत समाजवादी पार्टीबीच मात्रै भागबण्डा भएको हो ।

१२ स्थानीय तह रहेको बझाङमा बुधबार तीन दलबीच भएको सहमति अनुसार दुई नगरपालिकासहित नेपाली कांग्रेसले ७, नेकपा माओवादी केन्द्रले २ र एकीकृत समाजवादी पार्टीले तीन स्थानीय तहको नेतृत्व पाउने छ ।

नेपाली कांग्रेसले बझाङका दुई वटै नगरपालिका (जयपृथ्बी नगरपालिका र बुंगल नगरपालिका) सहित मष्टा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, वित्थडचिर गाउँपालिका, सुर्मा गाउँपालिका र साइपालका गाउँपालिकाको नेतृत्व पाउने भएको छ ।

यसैगरी नकपा माओवादी केन्द्रले छबिसपाथिभेरा गाउँपालिका र दुर्गाथली गाउँपालिकामा नेतृत्व पाउने सहमति भएको हो । एकीकृत समाजवादी पार्टीले बझाङको तलकोट गाउँपालिका, केदारस्युँ गाउँपालिका र थलारा गाउँपालिकाको प्रमुख पदमा आफ्ना उम्मेदवार छनोट गर्ने सहमति भएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ८ : १३ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको