६ बैशाख २०८३, आइतबार | April 19, 2026

जटिल बन्दै पशुमा बाँझोपन



काठमाडौं । पशुमा बाँझोपनको समस्या जटिल बन्दै गएको छ । देशव्यापी रूपमा २० प्रतिशत पशुमा बाँझोपन रहेको छ ।

प्रत्येक सय भैँसी र गाईमध्ये २० वटामा बाँझोपनको समस्या पाइएको भन्दै यसबाट बर्सेनि कम्तीमा एक अर्ब रुपियाँभन्दा बढीको क्षति भइरहेको छ ।

नेपालमा ७३ लाख गाई र ५१ लाख भैँसीको सङ्ख्या छ तर बाँझोपनको समस्या देखिँदा किसानको गोठ नै रित्तो हुने अवस्था उत्पन्न भएको छ । पशु चिकित्सकहरूका अनुसार पेटभर खान, सोतरमा सुत्न र नियमित रूपमा नाम्ले तथा जुकाको औषधि नपाउँदा पशुमा बाँझोपनको समस्या बढेको हो । पशुविज्ञ डा। लोकनाथ पौडेलले किसानले दुःखकष्ट सहेर हुर्काएका पशुमा बाँझोपनको समस्या देखिँदा त्यसले समग्र अर्थतन्त्रलाई असर पार्ने बताउँदै भने, “यसले दूध उत्पादनमा समेत असर पारिरहेको छ ।”

“दूध उत्पादन गर्ने भैँसी मासुका लागि प्रयोग गर्दा किसानले लाखौँ रुपियाँ नोक्सानी बेहोर्नुपर्छ,” पशुविज्ञ डा. पौडेलले भने, “यसको रोकथामका लागि कृषक र सरकारबीच समन्वय आवश्यक छ । खाना कसरी खुवाउने, गोठको सुधार कसरी गर्ने भन्नेबारेमा कृषकका लागि समुदायस्तरमै पुगेर ज्ञान दिनुपर्छ । आजको गोरखापत्र दैनिकमा केशवराज पौडेलले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ७ : ०७ बजे

सुकुम्बासीको उठिबास र विद्यार्थी संगठनमाथि प्रतिबन्ध प्रयासप्रति नेकपाको आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले सरकारले हालै देशका विभिन्न स्थानमा

काठमाडौंमा भेटियो ४ थान पेस्तोल र ५८ राउण्ड गोली

काठमाडौं । काठमाडौंको बिष्णुमती खोलाको किनारमा ठुलो परिमाणको हतियार फेला

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आह्वान

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको

‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका