५ पुस २०८२, शनिबार | December 20, 2025

इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो सिटी



काठमाडौं । म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

बुधबार राति घरेलु मैदान इतिहादमा सिटीले ब्राइटनलाई ३-० गाेल अन्तरले हराएकाे हाे । सिटीकाे जितमा रियाद महरेज, फिल फोडेन र बेर्नार्डो सिल्भाले १-१ गोल गरे ।

घरेलु मैदानमा सिटीले तीनै गोल दोस्रो हाफमा गरेको थियो ।

खेलको ५३औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाए । ६५ औं मिनेटमा फोडेनले २-० को अग्रता बनाए । ८२औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई ३-० को सहज जित दिलाए ।

जितसँगै सिटीले ३२ खेलमा ७७ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । अघिल्लो रात म्यानचेस्टर युनाइटेडलाई हराउदै लिभरपुल शीर्ष स्थानमा उक्लिएको थियो । पराजित ब्राइटन ४० अंक जोडेर दशौँ स्थानमा छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ७ : ५० बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र