१ आश्विन २०८३, बिहिबार | September 17, 2026

इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो सिटी



काठमाडौं । म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

बुधबार राति घरेलु मैदान इतिहादमा सिटीले ब्राइटनलाई ३-० गाेल अन्तरले हराएकाे हाे । सिटीकाे जितमा रियाद महरेज, फिल फोडेन र बेर्नार्डो सिल्भाले १-१ गोल गरे ।

घरेलु मैदानमा सिटीले तीनै गोल दोस्रो हाफमा गरेको थियो ।

खेलको ५३औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाए । ६५ औं मिनेटमा फोडेनले २-० को अग्रता बनाए । ८२औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई ३-० को सहज जित दिलाए ।

जितसँगै सिटीले ३२ खेलमा ७७ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । अघिल्लो रात म्यानचेस्टर युनाइटेडलाई हराउदै लिभरपुल शीर्ष स्थानमा उक्लिएको थियो । पराजित ब्राइटन ४० अंक जोडेर दशौँ स्थानमा छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ७ : ५० बजे

शेखर कोइराला मध्यमार्गी धारमै रहने, दुवै महाधिवेशनमा सहभागी नहुने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला मध्यमार्गी धारमै

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा । दुईदशकअघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

संस्थापन कांग्रेस बैठकमा निवर्तमान पदाधिकारी तथा सदस्यहरू सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय कार्यसमितिमा

तीन लाखमुनि ओर्लियो सुनको मूल्य, यस्तो छ आजको मूल्य

काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग

चितवन । होटल पौवाले देशमा परेको विपद्का कारण प्रभावित नागरिकको