२९ भदौ २०८३, सोमबार | September 15, 2026

ख्वप अस्पताल सय शय्याको बन्दै



भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल अब सय शय्या क्षमतामा स्तरोन्नति हुने भएको छ । त्यसका लागि प्रारम्भिक वातावरणीय परीक्षणअन्तर्गत सार्वजनिक सुुनुवाइ भएको छ ।

कार्यक्रममा सहभागीहरूले ख्वप अस्पताललाई यथासिघ्र सय शय्या क्षमता विस्तार गर्नु पर्ने बताएका छन् । उनीहरूले ख्वपस् अस्पताललाई स्वास्थ्य सेवाको हिसाबले देशकै नमूना बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरवासीको भावनाअनुसार ख्वप अस्पतालले कम शुल्कमा उपचार सेवा प्रदान गर्दै आएको छ । उनले सबै नागरिकलाई स्वस्थ बनाई उत्पादनमूलक क्रियाकलापमा सक्रिय बनाउन नगरपालिका लागि परेको बताए ।

उनले सरकारको विभेदकारी नीतिका कारण नगरपालिकाद्वारा संचालित ख्वप बहु प्राविधिक अध्ययन संस्थानमा यो वर्ष नर्सिग संकायमा प्रवीणता प्रमाणपत्र तह स्टाफ नर्समा भर्ना लिन नपाएको चर्चा गर्दै सय शय्याको आफ्नै अस्पताल संचालनसँगै नर्सिङमा भर्ना लिन सकिने बताए । ख्वप अस्पताललाई देशकै उत्कृष्ट अस्पताल बनाउन निरन्तर लागि रहने र यस कार्यमा सबै सरोकारवालाबाट सहयोग मिल्ने विश्वास उनले व्यक्त गरे ।

भक्तपुर नगरपालिका ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले ख्वप अस्पताल भवन निर्माणको प्रगतिबारे जानकारी दिँदै कार्यक्रमको उद्देश्यमाथि चर्चा गरे । जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले कोभिड महामारीको समयमा ख्वप अस्पतालकोतर्फबाट खेलेको भूमिकाको प्रशंसा गर्दै नेपाल सरकार र बागमति प्रदेश सरकारले अस्पताल संचालनसम्बन्धी तय गरेको मापदण्डको पूर्ण पालना गरी ख्वप अस्पताल संचालन हुने विश्वास व्यक्त गरे ।

परामर्शदाताको तर्फबाट वातावरणविद् हरिशप्रसाद भट्टले अस्पताल संचालन गर्नु संवेदनशील विषय भएकोले सरोकारवाला सबै पक्षसँग सरसल्लाह गरेर यथार्थपरक प्रतिवेदन तयार गर्ने र सबैका लागि सुरक्षित बनाउन सुझाव पेश गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बागीश्वरी कलेजका ज्ञानसागर प्रजापति, बागीश्वरी माविका कृष्णप्रसाद धन्छा, ईन्जिनियरिङका विष्णुकुमार प्रजापति, महिला स्वास्थ्य स्वयंसेविका तारादेवी धन्छा, अस्पताल व्यवस्थापक अनु ह्योंमिखा, वातावरणविद् कमलराज गोसाइँलगायतले ख्वप अस्पताल निर्माण र संचालनको क्रममा आउनसक्ने नकारात्मक वातावरणीय प्रभावको विषयमा चर्चा गर्दै न्यूनिकरण कार्यमा यथासम्भव सबैले ख्वप अस्पताललाई स्तरीय र सुविधासम्पन्न बनाउन लिखित सुझाव पेश गरे ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  २ : १४ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ