२९ भदौ २०८३, सोमबार | September 15, 2026

काठमाडौं मेयरका लागि कांग्रेसबाट सिर्जना सिंहसहित पाँचको नाम सिफारिस, तीर्थराम डगोल समेटिएनन्



काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं महानगर समितिले मेयरको उम्मेदवारका लागि पाँचजनाको नाम सिफारिस गरेको छ । महानगर समितिले कांग्रेस नेता प्रकाशमान सिंह पत्नी सिर्जना सिंहसहित नीलकाजी शाक्य, हरिप्रभा खड्गी श्रेष्ठ, सुसन वैद्य, प्रगतिमान रञ्जितको नाम बागमती प्रदेश समितिमा सिफारिस गरेको हो ।

सत्ता गठबन्धनमा काठमाडौं महानगरको मेयर कांग्रेसलाई र उपमेयर एकीकृत समाजवादीले पाउने सहमति भएको छ । तर, कांग्रेसले उपप्रमुखमा सुशीला ढकाल र प्रा.डा. अमिता प्रधान शाक्यको नाम सिफारिस गरेको छ ।

समितिले एक नम्बरमा वडाध्यक्षसमेत रहेका शाक्य, दोस्रो नम्बरमा सिंह, तेस्रो नम्बरमा काठमाडौंकी उपमेयर खड्गी, चौथो नम्बरमा वैद्य र पाँचौं नम्बरमा रञ्जितको नाम सिफारिस गरेको छ ।

तर, काठमाडौं मेयरका लागि चर्चामा रहेका तीर्थराम डंगोलको नाम सिफारिससमेत गरिएन । पूर्वमन्त्रीसमेत रहेका डंगोल संस्थापन पक्षका नेता हुन् । सोही कारण महानगर समिति सभापति शाक्यले उनको नाम सिफारिसमा नगरेको कांग्रेस काठमाडौंका एक नेताले बताए ।

सिफारिस भएका रञ्जितबाहेक चारैजना प्रकाशमान सिंह निकट नेता हुन् । कांग्रेसबाट काठमाडौं मेयरमा सिर्जना सिंह उम्मेदवार बन्ने निश्चित रहेको नेताहरू बताउँछन् ।

 

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ३ : १७ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ