२७ असार २०८३, शनिबार | July 11, 2026

आज नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस, कम्युनिष्टहरु मै छैन रौनक



काठमाडौं । आज नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस । विश्व कम्युनिष्ट आन्दोलनका नेता भ्लादिमिर लेनीनको जन्मदिन पारेर नेपालका तत्कालिन कम्युनिष्ट नेताहरुले २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा पुगेर नेपाल कम्युनिष्ट पार्टी गठन गरेका थिए ।

जहानियाँ राणा शासनकै समयमा २००६ बैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाईमा नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द बैद्य, नारायण विलास जोशीले नेपालमा पहिलोपल्ट नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए । कलकत्तामै बसेको पहिलो बैठकबाट पुष्पलाल पार्टीका महासचिव बनेका थिए ।

टुटफुट र विभाजनको चरण पार गर्दै २०७९ सम्म आईपुग्दा नेपालमा कम्युनिष्ट नाम जोडिएका दर्जन बढी कम्युनिष्ट पार्टीहरु रहेका छन् । त्यस मध्य धेरै पार्टीहरुले आफ्नै पार्टीलाई मुल प्रवाहको दाबी समेत गर्दै आएका छन् । २०४६ को जनआन्दोलनपछि नै नेपालमा कम्युनिस्ट आन्दोलनले गति पाएको थियो । नेकपा एमालेले शान्तिपूर्ण संसदीय धार र तत्कालीन नेकपा माओबादीले हिंसात्मक आन्दोलनको नेतृत्व गरेका थिए ।

२०७४ को आमचुनावमा यी दुई पार्टी एकीकरणसहित चुनावी मैदानमा होमिए । जसमा नेपाल कम्युनिस्ट पार्टीले करिव दुई तिहाई मत पाएको थियो । त्यही मतका आधारमा केपी शर्मा ओली प्रधानमन्त्री बनेका थिए । तर एकीकरणको तीन वर्ष नपुग्दै पार्टीमा विभाजन आयो र अदालतको आदेशमा जुटेका २ पार्टी परानै अवस्थामा फर्के ।

स्थानीय चुनावको व्यस्तताका कारण यस वर्ष कम्युनिष्ट पार्टीहरुले औपचारीक कार्यक्रम घोषणा गरेका छैनन् । एमालेले स्थापना दिवसकै दिन पारेर आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै छ भने आजै नयाँ पार्टी कार्यालयमा सर्ने समेत जनाएको छ । माओवादी केन्द्रले पनि सम्बभवत आजै घोषणापत्र सार्वजनिक गर्न सक्ने बताइएको छ ।

 

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ७ : १२ बजे

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका

पहिरोले सालझण्डी-ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

बागलुङ । पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको

गणेश नेपालीलाई न्याय माग्दै वीर अस्पतालअगाडि प्रदर्शन, सरकारविरुद्ध नाराबाजी

काठमाडौं । आत्मदाहको प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका गणेश

पशुपतिमा साउने सोमबारको तयारीः सफाइ अभियान सुरु

काठमाडौं । साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका