२१ बैशाख २०८३, सोमबार | May 4, 2026

ललितपुरमा स्थानीय निर्वाचनको कमाण्ड महिलाको काँधमा



ललितपुर । ललितपुरमा आसन्‍न स्थानीय तहको निर्वाचनको कमाण्ड महिलाले सम्हालेका छन् । ६ स्थानीय तह रहेको ललितपुर जिल्लामा ४ मा निर्वाचन गराउने जिम्मा महिलाले लिएका छन् । बाँकी दुई पालिकामा मात्र पुरुष मुख्य निर्वाचन अधिकृत छन् ।

त्यति मात्र होइन ललितपुरको जिल्ला निर्वाचन कार्यालय पनि गोमा धमलाले सम्हालेकी छन् ।

महालक्ष्मी नगरपालिकामा सर्वोच्च अदालतकी एजलास अधिकृत शारदा फुयाल, गोदावरीमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयकी श्रद्धा अर्याल, कोन्ज्योसोम गाउँपालिकामा सर्वोच्च अदालतकै इजलास अधिकृत देविकुमारी चौधरी र माहांकाल गाउँपालिकामा ललितपुर सरकारी वकील कार्यालयकी उपन्यायाधिवक्ता सुशीला ज्ञवाली मुख्य निर्वाचन अधिकृत छन् ।

जिल्ला न्यायाधीश किरणप्रसाद शिवाकोटीले ललितपुर महानगरमा र पाटन उच्च अदालतका उपरजिष्ट्रार नागेन्द्रकेशरी बागमती गाउँपालिकामा मुख्य निर्वाचन अधिकृतको भूमिका निर्वाह गरेका छन् ।

निर्वाचन प्रमुख धमलाका अनुसार जिल्ला निर्वाचन कार्यालय सात जना दरबन्दीमध्ये पाँच महिला छन् । उनी भन्छिन्, ‘यो निर्वाचनमा ललितपुरमा हामी बहुसंख्यक महिलाले नै मिलेर गरिरहेका छौं ।’

कोञ्ज्योसोम गाउँपालिका जानुअघि जिल्ला निर्वाचन कार्यालयमा भेटिएकी निर्वाचन अधिकृत चौधरीले आफूले सजिलै जिम्मेवारी पूरा गर्ने विश्वास रहेको बताइन् । उनले भनिन्,‘चौघरे पुगेर आइसकेको छु । सबै स्थानीय जनप्रतिनिधि सहयोगी पाएँ । काम गर्न सझिलो रहेछ ।’

निर्वाचनको काममा धेरैपल्ट खटिएको अनुभव सुनाउँदै चौधरीले पहिलोपल्ट निर्वाचन अधिकृतको जिम्मेवारी पाएको भन्दै खुशी व्यक्त गरिन् ।

गोदावरी नगरमा निर्वाचन गराउन खटिएकी श्रद्धा रिजाल आफूले पाएको जिम्मेवारीलाई अवसरको रुपमा लिएको बताउँछिन् । भन्छिन्, ‘चुनौती त सधैँ हुन्छ । सरकारले हामीलाई विश्वास गरेर पठाएको छ । हामी सक्षम छौं भन्ने सकारात्मक सन्देश समाजमा प्रवाह भएको छ ।’

 

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  १० : ०७ बजे

मन्त्रिपरिषद् बैठक आज : मन्त्रालय मर्ज र खारेजको खाका पेश हुने

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बिहान साढे १० बजे बस्दैछ

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरमा हजारौँ वर्षदेखि वैशाख पूर्णिमाको अवसरमा

बुटवलमा स्वच्छ व्यवसाय र स्वस्थ बजारबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल । उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीको आयोजनामा बुटवलमा स्वच्छ

लिपुलेकबारे भारतको अडान : नेपालको दाबी अस्वीकार, वार्तामार्फत समाधानको प्रस्ताव

नयाँ दिल्ली । भारतले लिपुलेक पासलाई कैलाश मानसरोवर यात्राको ऐतिहासिक

भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष

म्याग्दी । यहाँको धवलागिरि गाउँपालिका-४ खाम्लाका पूर्णबहादुर जैसीलाई १८ वर्षको