११ पुस २०८२, शुक्रबार | December 26, 2025

जुम्लामा आगलागीबाट चार बालबालिकाको मुत्यु



जुम्ला । जिल्लाको सार्कीवाडामा भएको आगलागीमा चार जना बालबालिकाको मुत्यु भएको छ । तिला गाउँपालिका ३ सार्कीवाडामा रहेको मानसिहं सार्कीको तीन तलाको घरमा आगलागी हुँदा चार जना बालबालिकाको जलेर मुत्यु भएको हो ।

आगलागीमा मानसिहं सार्कीकी १४ वर्षकी भान्जी तुलसा सार्की ,११ वर्षीया छोरी अनु सार्की, ३ वर्षीया छोरी दर्शना सार्की र एक वर्षको छोरा दिपेश सार्कीको जलेर मृत्यु भएको जुम्लाका प्रहरी नायव उपरिक्षक नरेन्द्र चन्दले बताए ।

आगलागीमा मानसिंह सार्की र उनकी श्रीमती फागुनी सार्की, बहिनी रुन्चकली सार्की घाइते भएका छन् । उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी बिजया प्रसाई, प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी , नेपाली सेना ,र त्यहाका स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

जुम्ला सदरमुकामबाट करिब १८ किलोमिटरको दूरीमा टाढा पर्ने सो गाउँमा आगलागीको कारण खुल्न सकेको छैन । स्थानीय जयलाल कठायतका अनुसार राति ११ः२० बजे तिर आगलागी भएको थियो । जिल्ला प्रहरीलाई भने राति ११ः४५ बजे आगलागी भएको जानकारी आएको थियो । आगलागीबाट घर लत्ता कपडा, अन्नपातलगायत सबै सामान जलेर नष्ट भएको छ । क्षेतीको पूर्ण विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ७ : ०२ बजे

ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हाम्रा प्ररेणाका पुञ्ज हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवले भरिपूर्ण

हुम्लाको सर्केगाडमा भीषण आगलागी, दुई जना गम्भीर घाइते, चार घर जले

सुर्खेत । हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका-२ स्थित रिप गाउँमा बिहीबार

कांग्रेस महाधिवेशन विवाद चर्किँदै, कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको विषयलाई लिएर देखिएको विवाद झन्

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक

विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै

काठमाडौं । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’