१२ चैत्र २०८२, बिहिबार | March 27, 2026

स्थानीय निर्वाचनमा निजी क्षेत्रका हेलिकोप्टर पनि प्रयोग गरिने



काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनमा आवश्यक परे निजी क्षेत्रका हेलिकोप्टर पनि प्रयोग गर्ने भएको छ ।

गृह मन्त्रालयले यही वैशाख ३० गते देशभर एकैसाथ हुन लागेको स्थानीय तहको निर्वाचनको सुरक्षा व्यवस्था मिलाउन आवश्यक परे निजी क्षेत्रका हेलिकोप्टरसमेत प्रयोग गर्ने भएको हो ।

गृह मन्त्रालयमा सरकारका प्रतिनिधि र वायुसेवा सञ्चालक सङ्घमा आबद्ध विभिन्न एअरलाइन्सका प्रतिनिधि सहितको बैठकमा सडक नपुगेका दुर्गम स्थानमा मतपत्र ढुवानी, मतदान क्षेत्रमा सुरक्षाको प्रबन्ध तथा मत पेटिकाको ओसारपसारमा निजी क्षेत्रको हेलिकोप्टर प्रयोग गर्नेबारे छलफल भएको हो ।

स्थानीय निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित तरिकाले सम्पन्न गर्न सबै प्रकारको सुरक्षाको चाँजोपाँजो मिलाउनका लागि आवश्यक परेमा हवाई सेवा पनि तत्काल उपलब्ध हुनेगरी तैनाथ अवस्थामा राख्न बैठक बसिएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

बैठकले ‘स्थानीय तह निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाउने प्रयोजनमा हेलिकोप्टर सेवालाई प्राथमिकताका आधारमा प्रयोग गर्ने’ निर्णय गरेको छ । निर्वाचन सुरक्षामा निजी हेलिकोप्टर प्रयोग गर्दा वायुसेवा सञ्चालक सङ्घले मिलाएको पालोका आधारमा गरिने प्रवक्ता पोखरेलले बताए ।

बैठकमा श्री एयरलाइन्ससँग रहेको एमआई १७ हेलिकोप्टर निर्वाचन प्रयोजनमा कुनै पनि बखत आवश्यक पर्ने भएकाले तैनाथ अवस्थामा राख्ने निर्णय गरेको छ ।

प्रवक्ता पोखरेलको अध्यक्षतामा बसेको बैठकमा उपसचिवद्वय गोमादेवी चेम्जोङ, वसन्त भट्टराई, नेपाली सेनाका महासेनानी सञ्जय देउजा, वायु सेवा सञ्चालक कमलेशकुमार वर्मा र अल्टिच्युड एयर, श्री एयरलाइन्स, सिम्रिक एयर, हेली एभरेष्ट, फिस्टेल एयर, प्रभु हेलिकप्टर, मनाङ एयर र एयर डाइनेष्टिका प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ७ : २१ बजे

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले