९ भदौ २०८३, मंगलबार | August 26, 2026

काठमाडौंमा ५ सहित २७ जना थपिए, कोरोना संक्रमित संख्या ४०२



काठमाडौं । मंगलबार काठमाडौं उपत्यकामा सहित २७ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा पाँच जना कोरोना भाइरका संक्रमित थपिएका छन् ।

काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एकएक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

सैगरी, कपिलवस्तुमा ४ जना, नवरपरासीमा १ जना, झापामा ९ जना, मोरङ र सुनसरीका एकएक जना, सर्लाहीमा २ जना, मकवानपुर, रामेछाप, सिन्धुली र लमजुङका एक एक जनामा संक्रमण पुष्टि भएको डा. देवकोटाले बताउनुभयो ।

संक्रमितहरु १७ वर्षदेखि ४२ वर्ष उमेरका छन् ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या ४०२ पुगेको छ । अहिलेसम्म ३७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

गत २४ घण्टामा २ हजार २ सय ४० सहित अहिलेसम्म पीसीआर विधिबाट ३२ हजार ६ सय ४ जनाको नमुना परीक्षण गरिएको छ । यस्तै गत २४ घण्टामा ५ हजार ८९ सहित अहिलेसम्म ७४ हजार ६ सय ४९ वटा आरडिटी परीक्षण भएका छन् । प्रवक्ता देवकोटाका अनुसार प्रदेश नम्बर १ मा ९ हजार ४ सय ७३, प्रदेश नम्बर २ मा ९ हजार २ सय १६, बागमती प्रदेशमा १३ हजार १ सय ९७ र गण्डकी प्रदेशमा ६ हजार ९ सय ५७ जनाको आरडिटी परीक्षण भएको छ । यस्तै प्रदेश नम्बर ५ मा ९ हजार ३ सय ५३, कर्णाली प्रदेशमा ७ हजार ५ सय ९३ र सुदूरपश्चिम प्रदेशमा १८ हजार ८ सय ७० जनाको आरडिटी परीक्षण भएको छ ।

उपत्यकामा १७ र बाहिर ४ सय ४० जना गरी ४ सय ५७ जना आइसोलेसनमा रहेका छन् । प्रदेश नम्बर १ मा ४०, प्रदेश नम्बर २ मा १ सय ३७ र बागमती प्रदेशमा ७८ (उपत्यका १७ सहित) जना आइसोलेसनमा रहेका छन् । गण्डकी प्रदेशमा २, प्रदेश ५ मा १ सय ८८, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिममा ११ जना आइसोलेसनमा रहेका छन् ।

अहिले देशभरीका क्वारेन्टाइनमा २१ हजार ६ सय २३ जना रहेका छन् । प्रदेश नम्बर १ मा १ हजार १ सय ७८, प्रदेश नम्बर २ मा ३ हजार ४ सय ८१, बागमती प्रदेशमा ३ सय ३२ र गण्डकीमा ३ सय ५९ जना क्वारेन्टाइनमा रहेका छन् । प्रदेश नम्बर ५ मा १३ हजार ६ सय ३८, कर्णाली प्रदेशमा ६ सय ९९ र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय ३६ क्वारेन्टाइनमा रहेका छन् ।

अब कोरोनाको लक्षण नदेखिएपनि शूल्क तिरेर पीसीआर परीक्षण गर्न पाइने भएको छ । स्वइच्छाले पीसीआर परीक्षण गर्न चाहाने व्यक्तिले सार्वजनिक स्वास्थ्य संस्थाहरुमा तोकिएको दररेटमा परीक्षण गराउने नीतिगत व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

सरकारले प्रदेश नम्बर २ र ५ का प्रभावित क्षेत्रलाई केन्द्रीत गरी कम्तिमा १०—१० जना चिकित्सको टोली खटाउने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलबार  ४ : ४७ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त